निगमका ४ पाइलटसहित १४ कर्मचारीले जिते कोरोना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2020 | 12:37:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमका ४ जना पाइलटसहित १४ जना कर्मचारी कोरोना संक्रमणबाट मुक्त भएका छन् । निगमी प्रवक्ता अर्चना खड्काका अनुसार सबै जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु सबैलाई घर पठाइएको छ । उनीहरुलाई आवश्यक पर्दा निगमले काममा बोलाउने छ । 

होटल सोल्टीको क्वारेन्टाइनमा बसेका उनीहरुमा कोरोनाको संक्रमण देखिएको थियो । संक्रमण पुष्टि भएपछि उनीहरुलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । तर निगमले महँगो शुल्क तिर्न नीजि अस्पतालमा कर्मचारी भर्ना गरेको भन्दै आलोचना भएपछि संक्रमण पुष्टि भएको पाँचौं दिनमा उनीहरुलाई सोल्टी होटलकै आइसोलेसनमा राखिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved