'६ महिनापछि गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2020 | 09:19:22 PM मा प्रकाशित

laxmi  sunrise bank

अबको छ महिनापछि गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएको छ । काठमाण्डौमा आयोजित एक कार्याक्रममा बोल्दै संकृति, पर्यटन तथा नागरीक उड्ययन मन्त्री योगेश भट्टराईले अबको छ महिनापछि गौतम बुद्ध विमानस्थलबाट अन्तराष्ट्रिय उडान सुरु हुने बताएका छन् । 

उनले भने, ‘अबको तीन महिनापछि गौतम बुद्ध अन्तराष्ट्रि विमानस्थल निमार्णको कार्य सकिने र त्यसको तीन महिनापछि अन्तराष्ट्रिय उडान सुरुगर्ने तयारी रहेको छ ।’ मन्त्री भट्टराईका अनुसार हाल उक्त विमानस्थल निमार्णमा करिब ३०० जना मजदूरले धमाधम काम गरीरहेका छन् । 

त्यस्तै मन्त्री भट्टराईले कास्कीको पोखरा अन्तराष्ट्रिय विमानस्थलको काम पनि तिव्ररुपमा भैरहेकाले समयमै सकिने बताएका छन् । उनका अनुसार उक्त विमानस्थलको निर्माण कार्याकालागि करिब ३०० जना मजदूर खटिएका छन् । जसमध्ये २०० जना चिनियाँ कामदार रहेको उनले बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved