तीन आन्तरिक विमानस्थललाई आइकाओले दियो मान्यता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 05:04:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका तीन नयाँ आन्तरिक विमानस्थलको ‘आइकाओ लोकेसन इण्डिकेटर’ तय भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गुल्मी, इलाम र ओखलढुंगाका विमानस्थलको ‘आइकाओ लोकेसन इण्डिकेटर’ तयार गरेको छ ।

आइकाओको सूचकअनुसार इलामको फाल्गुनन्द कुसिलुम्बा विमानस्थललाई भीएनएफएन, गुल्मीको रेसुंगा विमानस्थललाई भीएनआरजी र ओखलढुंगाको खिजी चण्डेश्वरी विमानस्थललाई भीएनकेसी संकेतमा चिनिने भएको छ । 

यसअघि आइकाओ लोकेसन इन्डिकेटर प्राप्त नेपालका विमानस्थलको संख्या ४९ रहेकोमा अब ५२ पुगेको छ । थप तीन विमानस्थल निर्माणाधीन अवस्थामै छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved