सीसीएमसीका कारण यूएईबाट रित्तै फर्कियो निगमको जहाज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2020 | 11:21:49 AM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले रोकेको छ । काठमाडौँबाट सोमबार २ सय बढी यात्रु लिएर गएको नेपाल एयरलाइन्सको जहाज मंगलबार फर्किदा भने रित्तै आउनु परेको हो । 

सरकारले अन्तिममा आएर विदेशबाट उद्दार उडान रोक्ने निर्णय गरेपछि जहाज रित्तै फर्किएको हो । कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशन बमोजिम निगमको जहाजले ल्याउन ठिक्क पारेका २६६ जना यात्रुलाई छोडेर फर्किनु परेको हो । 

‘सीसीएमसीसँग धेरै अनुरोध गर्दा पनि ल्याउन दिईएन, अहिले निगमले नचाहेर नल्याएको जसरी प्रचार भईरहेको छ’ निगमका एक जना बोर्ड सदस्यले भने, ‘दुबईमा उनीहरु अलपत्र परेका छन्, २६६ जना आउन तयारी अवस्थामा थिए । तर, ल्याउन दिईएन ।’

सीसीएमसीका कारण नेपाल एयरलाइन्सको जहाजको टिकट काटेर दुबईबाट नेपाल फर्किन तयार भएर बसेका २६६ जना नेपाली अहिले पनि अलपत्र अवस्थामा छन् । सीसीएमसीका कारण बाध्य भएर नेपाल फर्किन तयार रहेका यात्रुलाई छोडेर आउनुपर्दा दुख लागेको निमगका बोर्ड सदस्य डिम प्रकाश पौडेल बताउँछन् । 

‘२६६ जनाले पीसीआर विधिबाट कोरोनाको परीक्षण गराएका थिए, परीक्षण गराउन लाग्ने ३ सय दिर्हाम (नेपाली ९ हजार रुपैयाँ बढी) तिरेका छन्’ स्रोतले भन्यो, ‘यति मात्रै नभई उनीहरु कम्पनीबाट इक्जिट भिसा लिएर आएका रहेछन्, उनीहरु अब फर्केर जान सक्ने अवस्था छैन, पुलिसले लखेटेर बस्न दिएको छैन । यस्तो अवस्थामा त ल्याउन दिनुपर्ने हो ।’

टर्किसलाई अनुमति

मंगलबार नै टर्किस एयरले भने इस्तानबुलबाट २०१ जना यात्रु काठमाडौँ ल्याएको छ । मंगलबार बिहान ९ः१० बजे अवतरण गरेको निगमको जहाज रित्तै फर्किएपनि दिउँसो २ः४५ मा अवतरण गरेको टर्किस एयरलाइन्सको जहाजले भने २०१ यात्रु लिएर आएको हो । 

‘टर्किसको जहाज मान्छे बोकेर आकाशमा उडिरहेको थियो’ स्रोत भन्छ, ‘अब आकाशमा पत्र पठाउन मिलेन, उडिसकेको जहाजलाई त रोक्ने कुरा भएन नि ’

भदौ १ गतेबाट विदेशमा रहेका नेपालीलाई स्वेदश फर्काउन चार्टर्ड उडान गर्ने सकारको निर्णअनुसार नेपाल एयरलाइन्सलगायतले उडान तालिका तयार पारेको थियो । तर असार १ गते बेलुका नै  सीसीएमसीले क्वारेन्टिन प्याक रहेको भन्दै तत्काल विदेशमा रहेका नेपालीलाई फर्काउने कार्यक्रम रोक्ने निर्णय गरेको थियो ।

विशेष स्रोतले भने टर्किसको जहाज आकाशमा भएका कारण निर्देशन जान नसकेको नभई टर्किसको जहाजलाई काठमाडौँ ल्याउन विशेष निर्देशन गएको दाबी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved