दुबईमा अलपत्र यात्रु लिन निगमको वाइडबडी उड्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2020 | 10:32:56 AM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त अरब इमिरेट्स (यूएई) मा लपत्र नेपालीलाई लिन नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० जहाज दुबई उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बिहान १० बजेको समयमा दुबई उडेको निगमको जहाज आजै दिउँसो ४ः१५ बजे काठमाडौँ आइपुग्ने छ । 

दुबईबाट २६६ जना यात्रु लिएर निगमको वाइडबडी आजै काठमाडौँ फर्कने छ । गत १८ अगष्टका लागि दुबईबाट काठमाडौँका लागि तय भएको उडानबाट नेपाल फर्किन तयार रहेका २६६ यात्रुलाई दुबईमा नै छोडेर निगमको जहाज रित्तै आएको थियो । 

काठमाडौँमा क्वारेन्टिनको अभाव रहेको भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले यात्रु नलिई आउन निर्देशन दिएपछि निगमको जहाज रित्तै आएको थियो । त्यसपछि सरकारको व्यापाक आलोचना भएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा निगमले काठमाडौँ–दुबईका लागि रद्द उद्धार उडान सञ्चालन गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved