एक महिनामा १२ एयरलाइन्सका ८७ उडान हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2020 | 03:37:32 PM मा प्रकाशित

laxmi  sunrise bank

पाँच महिना पछि भदौ १६ गतेबाट व्यवसायिक उडान सूचारु हुने भएको छ  । गत चैत ११ देखि साउन ६ सम्म बन्दाबन्दी र साउनको अन्तिम सातादेखि निषेधाज्ञा कायम रहेकाले बन्द अवस्थामा रहेको हवाइ उडान भदौ १६ बाट खुल्ने भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित अन्य सरोकारवालसँगको छलफलपछि भदौ १६ पछि एक महिनाका लागि उडान तालिका बनाएको हो । प्राधिकरणले भदौ १६ अर्थात् सेप्टेम्बर १ देखि ३० सम्म हुने अन्तराष्ट्रिय उडान तालिका सार्वजनिक गरिसकेको छ । प्राधिकरणका अनुसार एक महिनामा ६० वटा नियमित र २७ वटा चार्टर्ड उडान हुनेछन् । नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्स र अरु १० विदेशी एयरलाइन्स गरी जम्मा १२ एयरलाइन्सले उडान गर्नेछन् । 

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार दैनिक ५ सय यात्रु नबढ्नेगरी अन्तराष्ट्रिय उडान हुनेछ । त्रिभुवन विमानस्थलबाट दैनिक तीन वटासम्म अन्तराष्ट्रिय उडान हुनेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved