हिमालय एयरलाइन्सको तालिका सार्वजनिक, ४ गन्तब्य १० उडान, कहाँको भाडा कति ?

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Aug 30, 2020 | 04:16:32 PM मा प्रकाशित

sarbottam cement

चिनियाँ तथा नेपाली निजी क्षेत्रको संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले छैटौँ चरणको उद्धार चार्टर्ड उडान तालिका सार्वजनिक गरेको छ । आईतबार सार्वजनिक गरिएको उडान तालिकाअुनसार १७ भदौदेखि असोज १३ गतेसम्म ४ शहरमा १० उडान हुनेछ । 

उडान तालिका अुनसार १७ गते अर्थात् सेप्टेम्बर २ मा काठमाडौँ–माल्दिभ्सको माले शहरमा उडान गर्नेछ । यसैगरी सेप्टेम्बर ३, ६, ८, २३ तारिखमा काठमाडौं–दोहा–काठमाडौं, सेप्टेम्बर ९, १७, २२ र २९ तारिखमा काठमाडौं–दमाम–काठमाडौं (साउदी अरेबिया) र सेप्टेम्बर १५ मा काठमाडौं–कुवेत–काठमाडौं एउटा उडान गर्नेछ । 

कम्पनीकाअनुसार माले–काठमाडौं उडानको लागि ४८० अमेरिकी डलर, दोहा–काठमाडौंको लागि ३९२ अमेरिकी डलर, दमाम–काठमाडौंको लागि ४६५ अमेरिकी डलर र कुवेत–काठमाडौंको लागि ४१० अमेरिकी डलर भाडादर तोकिएको छ ।

कोरोना संक्रमणलाई ध्यानमा राख्दै गत चैत ९ गतेदेखि बन्द भएको नियमित अन्तराष्ट्रिय तथा आन्तरिक उडान भदौ १६ गतेदेखि सुचारु गर्ने सरकारले तयारी गरेको छ । नियमित उडान सगैँ चार्टर्ड उडान समेत हुने पर्यटन मन्त्रालयको निर्देशन अनुसार हिमालयले चार्टर्ड उडान तालिका सार्वजनिक गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved