आईतबार फर्किए ४८० नेपाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2020 | 05:51:14 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेशमा अलपत्र नेपाली नागरिकलाई उद्धार गरी चार्टर्ड उडान मार्फत स्वदेश फर्काउन पाँचौ चरणको उद्धार उडान भैरहेको छ । सोही क्रममा आईतबार तीन एयरलाइन्सले एकै देशबाट ४८० नेपालीलाई स्वदेश फर्किएका छन् । 

नेपाल एयरलाइन्सले क्लालालम्पुरबाट एक सय ५१, हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ र मालिन्दो एयरले १७३ जनालाई स्वदेश ल्याएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । 

कार्यालयका अुनसार आईतबार बैंककबाट श्री एयरलाइन्स र क्वालालम्पुरबाट हिमालय एयरलाइन्सले एक÷एक शव नेपाल ल्याएका छन् । आज डुक एयर मार्फत बच्चासहित १०१ पारो प्रस्थान गरेका छन् भने श्री एयरलाइन्सले ३२ जनालाई बैंकक लगेको छ । 

यसैगरी आईतबार सिम्रिक हेलिले डोल्पाबाट ३ जनालाई काठमाडौँ ल्याईएको छ भने कैलाशले मुस्ताङमा ३ र सीता एयरले नेपालगञ्जमा १५ जनालाई लगेको छ । 

विमानस्थल कार्यालयका अनुसार सोमबार चार अन्तराष्ट्रिय उडान हुनेछ । जसमा हिमालयले आबुधावी र दोहा तथा नेपाल एयरलाइन्सले दुबई र दोहामा चार्टर्ड उद्धार उडान गर्नेछन् । 

सरकारले दैनिक ५ सय यात्रुलाई काठमाडौँ ल्याउने गरी पाँचौ चरणको उद्धार उडान गर्न एयरलाइन्सहरुलाई अुनमति दिएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved