नेपाल एयरलाइन्सको तालिका सार्वजनिक: ९ गन्तब्य, २८ उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2020 | 04:22:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एयरलाइन्सले (नेपाल वायुसेवा निगम) भदौ १६ गतेदेखि चार गन्तव्यमा नियमित उडान गर्ने भएको छ । सरकारको निर्णय अनुसार भदौँ १६ गतेदेखि निगमले गर्ने नियमित तथा चार्टर्ड उद्धार उडानको तालिका सार्वजनिक गरेको हो । 

निगमले सोमबार नियमित तथा चार्टर्ड उडान तालिका सार्वजनिक गर्दे जापानको नारिता, दुबई, क्वालालम्पुर तथा हङकङ गरी चार गन्तव्यमा १७ उडान गर्ने जनाएको छ । सूचना अनुसार नारितामा ३, दुबईमा ८, क्वालालम्पुरमा ४ र हङकङमा दुई उडान गर्नेछ । नारितामा सेप्टेम्बर २, १६ र ३० तारिख, दुबईमा सेप्टेम्बर ५, ७, १२, १४, १९, २१, २६ र २८, क्वालालम्पुरमा ६, १३, २०, २७ र हङकङमा ९ र २३ तारिखमा उडान हुनेछ । 

पाँच देशमा चार्टर्ड उडान

निगमले नियमित उडानसगैँ विभिन्न पाँच देशमा चार्टर्ड उद्धार उडान गर्नेछ । जसमा जेद्धामा सेप्टेम्बर ५, ११ र २७ तारिखमा तीन उडान, दमाममा सेप्टेम्बर ७ र कुवेतमा सेप्टेम्बर १४ तारिखमा एक÷एक उडान गर्नेछ । यसैगरी दोहामा सेप्टेम्बर १५, २१, २२, २७ र २९ तारिखमा ५ उडान र रियादमा सेप्टेम्बर १९ मा एक उडान गर्नेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved