१४२ यात्रुबाट उठाईएको क्वारेन्टाईन रकम फिर्ता गर्न एयर अरेबियालाई निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2020 | 05:38:09 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशबाट फर्किदा पीसीआर विधिबाट कोरोना परीक्षण गराएकाहरुबाट पनि होटल क्वारेन्टिनको भाडा उठाउने एयर अरेबियालाई पैसा फिर्ता गर्न निर्देशन दिएको छ । आज मन्त्रालयमा एयर अरेबियाको २५ अगष्ट २०२० मा भएको चार्टर उडानका विषयमा परेको उजुरीका सम्बन्धमा मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको हो ।

निर्णयको बुँदा नम्बर ६ मा भनिएको छ, ‘२५ अगष्ट २०२० मा भएको एयर अरेबियाको उडानबाट PCr\ Test  गराई आएका १४२ जनाको होटल क्वारेन्टाईन वापतको रकम सम्बन्धित यात्रुहरुलाई फिर्ता दिन र अब उप्रान्त यस्तो कार्य नगर्न नगराउन एयर अरेबियालाई लाई सचेत गराउने ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved