नियमित र चार्टर अन्तराष्ट्रिय उडानबारे मन्त्रालयले गर्‍यो ६ निर्णय (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2020 | 05:49:25 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडानहरुको हवाई भाडादरबारे निर्णय गरेको छ । आज मन्त्रालयमा भएको छलफलमा नियमित अन्तर्राष्ट्रिय उडानहरुको हवाई भाडादर र एयर अरेबियाको २५ अगष्ट २०२० मा भएको चार्टर उडानका विषयमा परेको उजुरीका सम्बन्धमा मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको हो ।

निर्णयहरुः

१. अन्तर्राष्ट्रिय उडानको भाडादर सम्बन्धमा हिमालय एयरलाईन्स र नेपाल वायुसेवा निगमको उडान भएका सेक्टरहरुमा तत् तत् वायुसेवाहरुले तय गरेको भाडादर अनुसार उडान गराउन अन्य विदेशी एयरलाईन्सहरुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिने ।

२. बजेट एयरलाईन्सको हकमा बुँदा नं. १ अनुसार कायम हुन आएको भाडादर भन्दा कम हुने गरी उडान संचालन गर्न निर्देशन दिने ।

३. चार्टर उडानको भाडादरको हकमा साविकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वीकृत गरेको भाडादरभन्दा बढी नहुने सुनिश्चित गरी उडान संचालन गर्न अनुमति दिने ।

४. हवाई भाडादर असुल उपर सम्बन्धमा कालोबजारी, अपारदर्शिता र अन्य गैरकानूनी मुनाफा कायम गरी भाडादर असुल उपर नगर्न नगराउन सम्बन्धित वायुसेवा कम्पनीहरुलाई निर्देशन दिने ।

५. यी निर्णयहरुको कार्यान्वयन, सहजिकरण र अनुगमन गरी दिनका लागि विदेशस्थित नेपाली कुटनीतिक नियोगहरु र सम्बन्धित गैर आवासीय नेपाली संघलाई अनुरोध गर्ने ।

६. २५ अगष्ट २०२० मा भएको एयर अरेबियाको उडानबाट PCR test गराई आएका १४२ जनाको होटल क्वारेन्टाईन वापतको रकम सम्बन्धित यात्रुहरुलाई फिर्ता दिन र अब उप्रान्त यस्तो कार्य नगर्न नगराउन एयर अरेबियालाई लाई सचेत गराउने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved