नेपाल एयरलाइन्सले तोक्यो चार गन्तव्यको नियमित भाडा (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2020 | 09:19:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमले विभिन्न चार गन्तब्यको नियमित उडान भाडादर सार्वजनिक गरको छ । बुधबार एक सूचना प्रकाशन गर्दै निगमले काठमाडौँ– मलेसिया, काठमाडौँ– दुबई, काठमाडौँ–नारीता र काठमाडौँ– हङ्कङ् उडानको 'क्लास' अनुसार भाडादर सार्वजनिक गरेको हो । 

६ महिना पछि खुल्ला भएको नियमित उडानमा एयरलाइन्स अनुसार भिन्दाभिन्दै उडान भाडादर भएको भन्दै निगमले क्लासका आधारमा भाडालाई वर्गाीकरण गरेको जनाएको छ । नेपालमा उडान गर्ने हिमालय एयरलाइन्स तथा अन्य विदेशी एयरलाइन्सले निगमको भन्दा बढी भाडा लिन नपाउने गरी भाडादर निर्धारण गरिएको हो । 

कहाँकाे कति ?

निगमले निर्धारण गरेअनुसार काठमाडौँ–मलेसिया वाइ क्लासका लागि मेलिसियन रकम (रिँगेट) २००३, एम क्लासको १८०३, एन क्लासको १६२८ र ओ क्लासको १४५८ तोकेको छ । यसैगरी काठमाडौँ–दुबईका लागि वाइ क्लासमा २१२० दिराम, एम क्लासमा १८२०, एन क्लासमा १७२० र ओ क्लासका लागि १४४० दिराम तोकिएको छ ।

काठमाडौँ–नारीतामा वाइ क्लासका लागि जापानिज यन ७६३०० र काठमाडौँ– हङ्कङ् वाइ क्लासका लागि हङकङ् डलर ४१९८ तोकेको छ । निगमले तोकिएको हवाई भाडामा सम्पूर्ण करसमेत समावेश गरिएको भन्दै निर्धारित भाडादर भन्दा बढी रकम टिकट खरिद नगर्न आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved