दुर्गम क्षेत्रमा उडान गर्ने जहाज किन्न निमगलाई मन्त्री भट्टराईको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2020 | 04:51:12 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायु सेवा निगमलाई आन्तरिक उडानका लागि हवाई जहाज खरिदको योजना अघि बढाउन निर्देशन दिएका छन् । आजको छलफलमा मन्त्री भट्टराईले हिमाली पहाडी तथा दुर्गम क्षेत्रमा उडान गर्न जहाज खरिद योजना तत्काल अघि बढाउन निगमलाई निर्देशन दिएका हुन् । 

निगमका कार्यकारी अध्यक्ष शुशिल घिमिरे र विभागीय प्रमुखलाई मन्त्रालयमै बोलाएर मन्त्री भट्टराईले यस्तो निर्देशन दिएका हुन् । 

‘आन्तरिक तर्फ दुई बटा मात्र टुईनटर जहाज छन्, यतिले मात्रै माग धान्न सकेको छैन’ मन्त्री भट्टराईले भने, ‘दुर्गम क्षेत्रमा सेवा प्रदान गर्न यी जहाज मात्रै पर्याप्त छैनन्, त्यसैले तत्काल नयाँ जहाज खरिद गर्ने योजना अघि बढाउनुहोस् ।’

मन्त्री भट्टराईले नेपाल एयरलाईन्सलाई पब्लिक मोडलमा लैजान कुन समय उपयुक्त हुन्छ त्यसको खाका लगानी कोष, संचयकोष, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी तयार गर्न पनि निर्देशन दिएका छन् । 

नेपाल एयरलाईन्स ठूलो ऋणमा रहेकोले देशका विभिन्न २३ ठाँउमा रहेका अचल सम्पती (जग्गा) को व्यवसायिक उपयोग गरी निगमको आर्थिक अवस्था सुधार गर्न मन्त्री भट्टराईले निर्देशन दिएका हुन् । 

खर्च कटौती गर्न विदेशमा रहेका कर्मचारी कटौती, बैठक भत्ता घटाउन साथै कर्मचारी, बोर्डका पदाधिकारी र अवकाश पाएका कर्मचारीले पाउने सुविधा बापतको टिकट ५० प्रतिशत कटौती गर्न मन्त्री भट्टराईले निर्देशन दिएका छन् । उनले जिएसए तोक्दा प्रतिस्पर्धी, क्षमतावान ऐजेन्सी छनौट गर्न तथा आवश्यक मापदण्ड बनाएर मात्र जिएसए तोक्नु पर्नेमा जोड दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved