हिमालय एअरलाइन्सले पायो आईएसओ ९००१–२०१५ प्रमाणपत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2020 | 01:15:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल–चीन संयुक्त लगानीमा संचालित हिमालय एअरलाइन्स्ले क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धित आईएसओ ९००१–२०१५ प्रमाणिकरण हासिल गरेको छ । आईएसओ ९००१–२०१५ अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आईएसओ) द्धारा विकास र प्रकाशित गरिएको विश्वव्यापी मान्यता प्राप्त गुणस्तरको स्तर हो । 

आईएसओ ९००१–२०१५ अनुरुप बन्न हिमालय एअरलाइन्सले व्यापक कम्पनी अडिटलाई अंगिकार गरेकोे छ । जसमा गुणस्तर व्यवस्थापन प्रणाली विकास, व्यवस्थापन प्रणाली कागजात समीक्षा, पूर्व अडिट, प्रारम्भिक मुल्याङ्कन र नन् – कन्फर्मेन्सको निकासी समावेश थियो । 

हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले भने यो वास्तवमै हिमालय टीमका लागि एक उपलब्धी भएको बताएका छन् । ‘आईएसओ ९००१–२०१५ को प्रयोग गर्दा हाम्रा ग्राहकहरुले निरन्तर, उच्च गुणस्तरको वस्तु र सेवाहरु पाउने सुनिश्चित गर्न मद्धत गर्नेछ, जसले एअरलाइन्स्मा धेरै व्यवसायिक लाभहरु ल्याउनेछ” उपाध्यक्ष श्रेष्ठले भने ।

हिमालय एअरलाइन्स्ले हालसालै गत महिना मलेशियन एअरलाइन्स् बरहाड (एमएच) सँग सम्झौता गरेको छ । मलेशियन एअरलाइन्स् एअरफ्रेम र इन्जिनसँग सम्बन्धित लाइन र बेस मेन्टेनेन्स, वर्कशप र स्पेयर सपोर्ट सेवाका लागि प्राविधिक र स्पेयर पार्ट सपोर्ट सेवाको आफ्नो क्षमता र विद्यमान स्रोतहरुका लागि परिचित रहेको छ । यस सहकार्यको साथ अब हिमालय एअरलाइन्स् लाइन स्टेशन स्थापनाका लागि तयार भएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved