असोज १५ बाट आन्तरिक उडान खुल्छः मन्त्री भट्टराई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2020 | 04:31:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आन्तरिक उडान खुलाउने मिति सारेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आगामी असोज १ गतेदेखि आन्तरिक उडान खुला गर्न अनुमतिको लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा प्रस्ताव पठाईएको जानकारी दिएका छन् ।

भदौ १ गतेदेखि नै आन्तरिक उडान खुलाउने भनिएपनि निषेधाज्ञा थप भएका कारण खुलेको थिएन । तर मन्त्री भट्टराईले असोज १ देखि नै खुलाउनका लागि प्रस्ताव पठाईएपनि असोज १५ गतेपछि मात्रै खुलाउने गरी निर्णय हुन सक्ने बताए ।

चाडपर्वहरु नजिकिएका कारण पनि यात्रुलाई स्थल मार्गको विकल्पमा हवाइ मार्ग छ भनेर विश्वस्त पार्न पनि उडान खोल्नुपर्ने मन्त्री भट्टराईको भनाई छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved