बुद्धलाई ट्राभलर्स च्वाइस अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2020 | 01:27:53 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरलाई ट्राभल वेबसाइट कम्पनी ट्रिपएडभाइजरले ‘ट्राभलर्स च्वाइस अवार्ड’ दिएको छ । अमेरिकामा रहेको उक्त वेबसाइटले प्रत्यक वर्ष वायुसेवा कम्पनिलाई वितरण गर्दै आएको अवार्ड अन्तरगत सन् २०२० को अवार्ड बुद्धले पाएको हो । यसअघि पनि ३/४ वटा अवार्ड पाएको बुद्धले जनाएको छ । 

विदेशीहरुले यात्रा गर्नुअघि र गरेपछि दिएको प्रतिक्रिया तथा कमेन्टका आधारमा बुद्धले अवार्ड पाएको हो, माउन्टेन क्षेत्रमा गएका विदेशी पर्यटकले गरेको कमेन्टका आधारमा ट्रिपएडभाइजरले ४ दशमलव ५ स्टार दिएको बुद्धका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए । 

सन् २०२० मा ट्रिपएडभाइजरले दिएको अवार्ड नेपालमा सञ्चालित वायुसेवा कम्पनीमध्येमा बुद्धले मात्र पाएको हो । 

सन् १९९७ अक्टोबरबाट उडान सुरु गरेको बुद्धसँग २३ वर्षको उडान अनुभव छ । हाल बुद्ध एयरसँग ७ वटा ७२ सिटे एटिआर ७२–५००, तीन वटा ४२ सिटे एटीआर ४२–३२० र दुई वटा १९ सिटे बिचक्राफ्टलगायत १२ वटा जहाजले आन्तरिक तथा अन्तराष्ट्रिय उडान गरिरहेका छन् ।

कोरोना माहामारि अघि बुद्धले आन्तरिक उडान तर्फ पोखरा, भरतपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सिमरा, विराटनगर, भद्रपुर र पोखरा विमानस्थलवाट भरतपुर र भैरहवा उडान गर्दै आएको थियो । यसैगरी भारतको बनारसमा सातामा तीन दिन अन्तराष्ट्रिय उडान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved