किन नेपालमा मात्र बन्द छ आन्तरिक हवाई उडान ?

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 13, 2020 | 06:08:28 PM मा प्रकाशित

sarbottam cement

आन्तरिक हवाइ उडान खुला गर्ने देश नेपाल मात्रै देखिएको छ । कोरोना भाइरसको महामारी विश्वव्यापी भइरहेको भन्दै नेपालले चैत्र ९ गतेदेखि हवाइ उडान बन्द गरेको थियो । माघ महिनामा चीनमा पहिलोपटक देखिएको कोरोना भाइरस विश्वव्यापी हुनुपूर्व नै केही देशले उडान रोकेका थिए । तर, सबैजसो देशले जुलाई र अगस्टबाट उडान खोलिसकेका छन् ।

दक्षिण एशियाका सबै देशले आन्तरिक उडान खोलेको एक महिना बढी भइसक्दा पनि नेपालमा भने उडान बन्द नै राखिएको छ । दक्षिण एशियामा पाकिस्तानले उडान नै रोकेन । भारतले केही समय रोकपनि उडान खुलाएको छ । तर नेपालले भने संक्रमणको जोखिम कायम रहेको दाबी गर्दै उडान नुखलाएकोमा हवाइ सेवा प्रदायकहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।

‘भारतले केही समय बन्द गरेपनि अहिले उडान खोलिसकेको छ, पाकिस्तानले कहिल्यै बन्द नै गरेन’ वायुसेवा सञ्चालक संघका कोषाध्यक्ष एवम् बुद्ध एयरका सेल्स मार्केटिङ एण्ड ग्राउण्ड ह्याण्डलिङ विभागका प्रमुख रुपेश जोशी भन्छन्, ‘तर हाम्रोमा अझै संक्रमण छ भनेर बन्द राखिएको छ, यहाँ जति भने पनि कसैले कुरै बुझ्दैनन् ।’ 

अन्तराष्ट्रिय उडान खुलेको भनिएपनि यसलाई वायुसेवा प्रदायकहरुले पूर्ण रुपमा खुलेको मानेका छैनन् । 

‘नेपाली मात्रै बोक्न खुलाईएको छ, त्यो पनि संख्या तोकेर’ जोशीले भने, ‘यसलाई खुलेको मान्न सकिँदैन ।’ 

अरु देशले बन्द अवस्थामा रहेको हवाइ उडान सुरु गर्न सुरुमा आन्तरिक उडान खोलेको र यसको आधारमा पछि अन्तराष्ट्रिय उडान खोलेको भएपनि नेपालमा भने खुलेको छ भन्नकै लागि मात्रै अन्तराष्ट्रिय उडान खोलिएको तर यो व्यवसायिक भने नरहेको उनको भनाई छ । पर्यटनमन्त्री योगेश भट्टराईले भने ढिलोमा असोज १५ बाट आन्तरिक उडान खोलिने बताउँदै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved