आधा यात्रु बोकेर उडान नभर्ने वायुसेवा सञ्चालकको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2020 | 06:24:53 PM मा प्रकाशित

laxmi  sunrise bank

वायुसेवा सञ्चालक संघले सिट क्षमताको आधा मात्रै यात्रु बोक्न पाउने गरी उडान खोल्ने नियममा आपत्ति जनाएको छ । संघले पूरै सिटमा यात्रु बोक्न पाउनुपर्ने माग गरेको छ ।

संघले यदि आधा मात्रै यात्रु बोक्न पाउने भए टिकट बुकिङ नै नखोल्ने निर्णय गरेको छ।यात्रुहरु एकतर्फी मात्रै हुने भएकाले आधा क्षमतामा उडान नगर्ने निर्णय गरिएको संघले जनाएको छ । 

बुद्ध सेल्स मार्केटिङ एण्ड ग्राउण्ड ह्याण्डलिङ विभागमा प्रमुखसमेत रहेका वायुसेवा सञ्चालक संघका कोषाध्यक्ष रुपेश जोशीले आधा क्षमतामा उडान गर्न पाउने नियम व्यवहारिक नभएको जानकारी पर्यटन मन्त्रालयलाई गराइसकिएको बताए । 

सोमबारको मन्त्रिपरिषद् बैठकले असोज १ देखि ५० प्रतिशत यात्रु बोक्न पाउने गरी आन्तरिक उडान खुल्ला गर्ने निर्णय गरेको थियो । आज मन्त्रालयमा वायुसेवा संघ र नेपाल नागरिक उड्डयन प्राधिकरण सहितको बैठकमा असोज ५ गतेदेखि उडान खोल्ने विषयमा छलफल भएको छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार हाललाई सबै आन्तरिक गन्तव्यमा उडान गर्ने गरी कुल क्षमताको ३० प्रतिशत मात्रै उडान खुलाउने बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved