अष्ट्रेलियामा अलपत्र नेपाली बोकेर १८ वर्षपछि नेपालमा सिंगापूर एयरलाइन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2020 | 10:57:13 AM मा प्रकाशित

laxmi  sunrise bank

अष्ट्रेलियामा रहेका ट्राभल व्यवसायिले २५५ जना नेपालीलाई उद्दार उडानमार्फत नेपाल पठाएका छन् । अष्ट्रेलियामा रहेका नेपाली ट्राभलहरुको संयुक्त पहलमा नेपाल राजदुतवाससँग समन्वय गरी सेप्टेम्बर १९ तारिख अर्थात् शनिबार सिंगापुर एअरलाइन्समार्फत २५५ जना नेपाली नगारिकहरुलाई स्वदेश फर्काइएको हो । 

यस उद्दार उडानमा नेपाल फर्कने सम्पूर्ण नागरिकहरु पर्यटन भिसा सकिन लागेका, नियमित प्रयोग गर्ने औषधी सकिएका तथा कोरोनाका कारण अष्ट्रेलियामा अलपत्र परेका नेपालीहरु छन् । नेपाल सरकारले १७ सेप्टेम्बरपछि नियमित अन्तराष्ट्रिय उडानको उडान तालिका सार्वजनिक गरेताको भएपनि अष्ट्रेलियाबाट ट्रान्जिट हुने देशहरु चीन र मलेशियासँग नियमित उडान नभएको र उडान कनेक्सन नमिल्ने भएकोले छोटो मार्गबाट अप्ठेरो अवस्थामा रहेका नेपालीहरुलाई अष्ट्रेलियाबाट संचालित आठ नेपाली ट्राभल एजेन्सीको पहलमा नेपाली राजदुतावास र गैर आवासीय नेपाली संघ, अष्ट्रेलिया, नेपाली संस्थाहरुको छाता संगठन फेन्का, चिकित्सकहरुको संस्था एम्डासहित विभिन्न संघ संस्थासँग मिलेर उद्दार गरिएको हो ।

पर्यटन मन्त्रालयबाट अनुमति लिएर अष्ट्रेलियाको स्थानीय समय बेलुकाको साढे ९ बजे सिंगापुरको लागि सिंगापुर एयरको ७८७ बोइङ विमान उडेको थियो। सिंगापुरको समयानुसार बिहान ५ बजे सिंगापुर अवतरण गरेपछि ४ घण्टा सिंगापुर पुगेका यात्रुहरुलाई कोरोना फ्री जोनमा राखिने र त्यसपछि सिंगापुरबाट नेपालको लागि बिहान ९ बजे बि ७७७ सिंगापुर एयरलाइन्सको विमान नेपाली समयानुसार बिहान ११ः२५ बजे काठमाडौँ अवतरण गर्ने तालिका रहेको छ। 

१८ वर्षपछी यात्रुहरु लिएर पहिलो पटक सिंगापुर एयरलाइन्सको विमान नेपाल आएको हो । उक्त  चार्टर्ड उडानबाट नेपाल फर्किने सबै यात्रुहरुले उडान अगाडी ७२ घण्टा भित्रको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट साथमा लिएका छन् । उनीहरु काठमाडौँ ओर्लिएपछि १४ दिन होम क्वारेन्टिनमा बस्ने एभरेस्ट ट्राभल्सका संचालक एर्साद अहमदले बताए ।

उनकाअनुसार ३२ जना विमानको विजनेस क्लासमा यात्रा गर्छन् भने ६ जना सेमी बिजनेस क्लास र २१७ जना इकोनोमि क्लासमा यात्रा गर्नेछन । इकोनोमी तर्फको भाडा प्रतिव्यक्ति १७ सय ३५ अष्ट्रेलियन डलर तोकिएको छ भने विजेनेस क्लासका लागि २ हजार ३८० डलर भाडा तोकिएको छ। फष्टकम फष्ट सर्भ र जरुरी मामलाको आधारमा यात्रुहरुलाई सेवा दिएको जानकारी डीलाईटेड ट्राभल्सक संचालक आसिस जंग थापाले जानकारी गराए । 

सिंगापुर एयरलाइन्सको चाटर्ड उडानको बिजेनस क्लासको टिकट मूल्य पहिलेको कमर्सियल उडानको भन्दा आधा सस्तो हो । यस अगाडी नेपाल एयरलाइन्सको चाटर्ड विमानले सिड्नीबाट काठमाडौँका लागि उडान भरेको थियो जसको हवाई भाडादर एकोनोमि क्लासको २ हजार ३५० अष्ट्रेलियन डलर थियो। जुन तुलनामा सिंगापुर  एयरलाइन्सको भाडादर निकै सस्तो भएको कान्तिपुर ट्राभलका प्रमुख सन्तोष न्यापने बताउँछन् । 

विमानस्थल पुगेका सम्पूर्ण यात्रुहरु नेपाल फर्किन पाएकोमा हर्षित थिए। उनीहरुको आवश्यकता अनुसार  खान , व्हेअल चेअर र  ट्रान्जिट्मा असिस्टेन्टको व्यवस्था गरिएको नेपाल र अष्ट्रेलियाबाट संचालित दाभिंची ट्राभलका निर्देशक राजु थापाले बताए । यति ट्राभल्स एन्ड टुर्स, महेन्द्र लम्साल र सांग्रीला टाभल्स एन्ड टुर्स, सुरेन्द्र सापकोटाले ढिलाई भए पनि नेपाल सरकारले अष्ट्रेलियाबाट नेपालमा बिमान अवतरण अनुमति दिएकोले पर्यटन मन्त्रालय, नेपाल राजदुतावास क्यान्भेरा अष्ट्रेलिया सहित सबैलाई धन्यवाद दिए । 

सिंगापुर एयरका नेपाल प्रतिनिधि क्विन्गी चेन र बजार प्रबन्धक सुधिर पाण्डेले आफ्नो कार्यकालमा १८ वर्षपछि सिंगापुर एयरलाइन्स पहिलो पटक यात्रुहरु लिएर नेपाल आएकोमा खुशी व्यक्त गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved