बुद्ध एयरले सोमबारबाट १२ गन्तव्यमा उडान भर्ने (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2020 | 02:31:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबारदेखि आन्तरिक उडान नियमति रुपमा सञ्चालन हुने भएपछि नीजि क्षेत्रको बुद्ध एयरले सबै तयारी सकिएको जनाएको छ । लकडाउनकै अवधिमा स्वास्थ्य प्रोटोकल कायम गरेर उडान गर्नेबारे आन्तरिक तयारीमा जुटेको बुद्धले नियमित उडानका लागि सबै तयारी सकिएको जनाएको छ । 

बुद्ध एयरका सेल्स मार्केटिङ एण्ड ग्राउण्ड ह्याण्डलिङ विभागका प्रमुख रुपेश जोशीका अनुसार कम्पनीले सरकारको अनुमति अनुसार सोमबारबाटै यसअघिका सबै गन्तव्यमा उडान भर्ने बताए । उनका अनुसार भोलीबाटै सबै गन्तव्यका लागि टिकट लिएका यात्रु बोकेर बुद्धले नियमित उडान सुरु गर्नेछ । 

तत्कालका लागि यसअघिका १३ गन्तव्यमध्ये १२ गन्तव्यमा मात्रै उडान गरिने जोशीले बताएका छन् । उनले राजविराजमा भने अहिले उडान नगरिने जानकारी दिए । बुद्धले विराटनगर–पोखरा, काठमाडौँ–विराटनगर, काठमाडौँ–भरतपूर, काठमाडौँ–भद्रपूर, काठमाडौँ–भैरहवा र काठमाडौँ–नेपालगञ्ज उडान गर्दै आएको थियो । यस्तै काठमाडौँ–धनगढी, काठमाडौँ–सुर्खेत, काठमाडौँ–जनकपूर र काठमाडौँ–सिमरा पनि बुद्धले उडान गर्दै आएको छ । यसबाहेक पोखरा–भैरहवा र पोखरा–भरतपूरको उडान पनि बुद्धले गर्दै आएको छ ।

अहिले तत्काललाई डिमाण्ड एण्ड सप्लाईको आधारमा यात्रुको संख्या धेरै भएका गन्तव्यमा उडान हुने कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved