गौतमबुद्ध विमानस्थलको ‘ग्राउण्ड ह्याण्डलिङ’ नेपाल एयरलाइन्सलाई, कहिलेबाट हुन्छ उडान ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2020 | 11:46:53 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक ग्राउण्ड ह्याण्डलिङको जिम्मा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई दिने भएको छ । काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा दिने विवादास्पद निर्णय गरेको प्राधिकरणले भैरहवामा भने निगमलाई नै ग्राउण्ड ह्याण्डलिङको जिम्मा दिने भएको हो ।

प्राधिकरणले विना प्रतिस्पर्धा निगमलाई नै भैरहवाको ग्राउण्ड ह्याण्डलिङको जिम्मा दिने भएको हो । गौतमबुद्ध विमानस्थलको सञ्चालन विदेशी कम्पनीलाई ठेक्कामा दिने भनिएपनि यो निर्णयबाट पछि हटेको प्राधिरकणले विमानस्थल आफूले सञ्चालन गर्ने र ग्राउण्ड ह्याण्डलिङको जिम्मा निगमलाई दिने भएको हो । 

सम्झौता बाँकी

प्राधिकरणले भैरहवाको ग्राउण्ड ह्याण्डलिङको जिम्मा निगमलाई दिने भनेपनि सम्झौता हुन भने बाँकी छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार सरकारी स्वामित्वको नेपाल एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मा दिने सहमति भईसकेको छ । सहमति भएपनि अन्तिम सम्झौता हुन भने बाँकी छ । उनले सम्झौतापूर्व सक्नुपर्ने कामहरु जारी रहेको बताएका छन् । 

‘विमानस्थलको सञ्चालन नै हामीले गर्ने भएका छौँ, प्राधिकरण आफैँले एयरपोर्ट चलाउने भएपछि ग्राउण्ड ह्याण्डलिङको जिम्मा पनि सरकारी स्वामित्वको नेपाल एयरलाइन्सलाई दिने सहमति भएको छ’ उनले भने, ‘सहमति भएको छ, अब निगमसँग सम्झौताको तयारी भईरहेको छ ।’

प्रतिस्पर्धा किन गराइएन ?

भैरहवास्थित उक्त विमानस्थल निर्माणको अन्तिम चरणमा छ । यो विमानस्थल सञ्चालन गर्न जर्मन कम्पनी इच्छुक देखिएको थियो । तर, सरकार विदेशी कम्पनीलाई विमानस्थल सञ्चालनको जिम्मा नदिने निर्णयमा पुगेपछि प्राधिकरण आफैँले चलाउने भएको हो । ग्राउण्ड ह्याण्डलिङको जिम्मा दिन खुला प्रतिस्पर्धा गराइनुपर्ने आवाज उठेपनि प्राधिकरणले विवाद हुने डरले निगमलाई नै दिएको हो ।

सरकारी कम्पनीलाई दिँदा प्रतिस्पर्धा गराईरहनु नपर्ने र विवाद पनि नहुने भएकाले नेपाल एयरलाइन्सलाई नै दिने निर्णय गरिएको प्राधिकरणले बताएको छ । नेपाल एयरलाइन्ससँग काठमाडौँ विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको अनुभव पनि रहेका कारण सरकारी संस्थानकै आम्दानी बढाउने उदेश्यले निगमलाई नै दिईएको हो ।

पौषबाट उडान

गौतमबुद्ध विमानस्थल आगामी पौषबाट सञ्चालनमा आउने लक्ष्य लिईएको छ । हाल भौतिक निर्माणको काम सकिएपनि फिनिसिङको काम केही बाँकी रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना भाइरसका कारण विमानस्थल निर्माणमा केही ढिलाई भएको र आगामी पौषबाट सञ्चालनमा ल्याईसक्ने गरी कामलाई तीब्रता दिएको बताउँदै आएका छन् ।

फिनिसिङको काम सकिएपछि प्राधिकरणले निर्माण कम्प्नीबाट आयोजना बुझ्ने छ । प्राधिकरणका अनुसार परीक्षण उडान पौषमा गरिने छ र त्यसको केही महिनाबाटै व्यवसायीक उडान सुरु हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved