‘पर्यटनमन्त्री हवाइ माफियाको घेराबन्दीमा परे’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2020 | 06:15:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगम कर्मचारी संघले पर्यटन मन्त्री, निगमका कार्यकारी अध्यक्ष र व्यवस्थापन समितिका सदस्यहरु हवाई माफियाको चंङगुलमा फसेको आरोप लगाएका छन् । कर्मचारी संघले सोमबार पत्रकार सम्मेलन गरी हवाई माफियासँग मिलेर पर्यटनमन्त्री योगेश भट्टराई, कार्यकारी अध्यक्ष सुशील घिमिरे र सञ्चालक समितिका सदस्यहरु राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई डुवाउन लागि परेको आरोप लगाएका हुन् ।

उनीहरुले पर्यटन मन्त्रीकै ठाडो निर्देशनमा नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउण्ड ह्यान्डलिङ’ सुविधा दिएको दाबी गरेका छन् । उनीहरुले अहिले देखाउनका लागि तत्काललाई यो प्रक्रिया रोक्न भनेपनि कालान्तरमा नेपाल एयरलाइन्स डुबाउनकै लागि यो खेल खेलिएको आरोप लगाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved