नेपाल एयरलाइन्समा कार्की दिदी बहिनी र ज्वार्चन परिवारको रजाइँ, अख्तियारको चासो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2020 | 11:21:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमको व्यवसाय खोसेर यती समूहको हिमालय एयरलाई दिने खेल सेलाउन नपाउँदै फेरी अर्को प्रकरण बाहिर आएको छ । निगममाथि बाह्य पक्षको आक्रमण सार्वजनिक भईरहे पनि यतिखेर निगम भित्रकै एक विभागको बेथिती बाहिर आएको हो ।

निगमको महत्वपूर्ण विभाग मध्येको एक अपरेशन विभागका प्रमुख दीपुराज ज्वार्चन र क्याविन क्रु चिफका रुपमा रहेकि आमा सुमेली सुब्बाले पदको दुरुपयोग गर्दै मातहतका कर्मचारीलाई दुख दिने गरेको पाइएको छ। आमा छोराको मिलोमतोमा करारमा कार्यरत एयरहोस्टेज दिदि बहिनी प्रजिता र प्रदा कार्कीको सहयोगमा करार अबधि नवीकरणदेखि विभागबाट हुने सम्पूर्ण काममा अनुचित लाभ उठाउने काममा उनीहरुको राज रहेको बिजपाटीले जानकारी पाएको छ ।  

निगमको एयरबस ३२० तथा ३३० मा कार्यरत एयरहोस्टेज दिदि बहिनी प्रजिता तथा प्रदा कार्की र करिश्मा मालाकारमाथि भन्सार पास बिना नै कस्मेष्टिक सामग्री नेपाल ल्याएर अनलाईन सपिङ साइट दराजमार्फत बिक्रि गरेको भन्दै अख्तियारमा उजुरी परेको छ । यसअघि सहकर्मीलाई सामाजिक सञ्जालमार्फत धम्क्याएको अभियोगमा महिला प्रहरी सेल ललितपुरमा समेत प्रजितालाई राखिएको खुल्न आएको छ।

अख्तियारमा उजुरी परेपछि पर्यटन मन्त्रालयले पठाएको पत्रको जवाफ निगमबाट दिईसकिएको विभागका एक कर्मचारीले बताए। तर करिश्मा मालाकारले भने आफूलाई यो विषयमा केहि थाहा नभएको जवाफ दिएकी छन्।

यति मात्र नभई कार्की दिदी बहिनीमाथि करारमा कार्यरत अन्य एयरहोस्टेजहरुसँग उनीहरुको नवीकरणको लागि पैसा असुल्ने गरेको आरोप लागेको छ । मानव संशाधन विभाग प्रमुख अशोक सिग्देलको साथ पाएका उनीहरुले मन्त्री तथा निगमका उपल्लो तहका कर्मचारीलाई दिनुपर्ने भन्दै रकम संकलन गर्ने गरेको पाईएको छ।

तत्कालीन अपरेशन विभाग प्रमुख आरके शेरचनले अन्य १३ जना क्याबिन क्रु को ६ महिना करार अबधि थप गर्दा कार्की दिदी बहिनीसहित अन्य चार जनाको भने ५ वर्षको अबधि थप गरेका थिए । यसले पनि करारमा कार्यरत कार्की दिदी बहिनीको दबदबा कति छ भन्ने पुष्टि गर्छ।

यता निगमको अपरेशन विभाग प्रमुखको रुपमा कार्यरत क्यापटेन दीपुराज ज्वार्चनले करार अबधि सकिन लागेका क्याबिन क्रुहरुलाई पावर लगाउन निर्देशन नै दिएको स्रोत बताउँछ। आमा निकटका क्याबिन क्रुलाई जसरी पनि नविकरण गर्नुपर्ने दबाबमा रहेका क्याप्टेन ज्वार्चनले अरुलाई भने जागिर बचाउन पावर लगाउन भनेको स्रोतको दाबी छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved