अबदेखि दैनिक ६१ आन्तरिक उडान, कुनको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2020 | 07:10:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले दैनिक ६१ आन्तरिक उडान हुने गरी तालिका सार्वजनिक गरेको छ । विभिन्न एयरले माग गरेको उडान गन्तव्य तथा तालिकाका आधारमा क्यानले उडान तालिका सार्वजनिक गरेको हो । 

तालिका अनुसार सबैभन्दा धेरै उडान बुद्ध एयरको रहेको छ । बुद्धले आफ्नो गन्तव्य क्षेत्रमा दैनिक २५ उडान तालिका माग गरेकोमा क्यानले २९ उडान अनुमति दिएको छ । बुद्धलाई विराटनगरबाट तुम्लिङटार दैनिक १ उडानको अनुमति दिइएको छ ।  यसैगरी यतीले १५ माग गरेकोमा १५ उडान दिईएको छ ।

प्राधिकरणका अनुसार यसअघि बुद्धले दैनिक १८ उडान गर्दै आएको थियो भने यतीले १२ उडान गर्दै आएको थियो । यसैगरी श्रीले पहिले ६ वटा उडानको अनुमति पाएकोमा अब दैनिक १२ वटा गर्न पाउने भएको छ । 

सिम्रिकले दैनिक २ वटा उडानको अनुमति पाएको छ । तारा एयरले काठमाडौं लुक्ला ३ वटा र फाफ्लुमा साताको ३ वटा उडान अनुमति पाएको छ । समिटलाई लुक्लामा दैनिक २ वटा र सातामा ५ वटा जोमसोम उडानको अनुमति दिइएको छ भने सिता एयरलाई काठमाडौंबाट ताप्लेजुङ २ वटा र लुक्ला एउटा उडान अनुमति दिइएको छ ।  

हवाई सेवा प्रदायक कम्पनीहरुले हवाई यात्रुको चाप थेग्न नसकेको भन्दै उडान संख्या बढाउन प्राधिकरणमा लिखित निवेदन समेत दिएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved