हिमालय एयरद्वारा तीन अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2020 | 09:59:31 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली र चिनियाँ लगानीमा सञ्चालित नीजि क्षेत्रको हिमालय एयरलाइन्सले काठमाडौँका तीन अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । हिमालयले शहिद गंगालाल हस्पिटल बाँसकारी, राष्ट्रिय ट्रमा सेन्टर र मनमोहन मेमोरियल सामुदायिक अस्पतालाई पिपिई सेट र आरडीटी किट सहयोग गरेको हो । 

हिमालयको ब्राण्ड तथा सेवा सुधार विभागकी प्रमुख उज्ज्वला दलीले ट्रमा सेन्टर र गंगालाल अस्पतालाई १ सय थान पिपिई र १ सय थान आरडीटी परीक्षण किन हस्तान्तरण गरेकी हुन् । 

यसैगरी उनले १ सय थान पिपिई सेट, १ सय थाना आरडीटी किट, २ सय थान सर्जिकल मास्क तथा ग्लोब्स, ५० थान एन–९५ मास्क तथा फेस शिल्ड्स, ५ सय थाना शुज कभर, ५ बोतल ह्याण्ड स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री मनमोहन अस्पताललाई हस्तान्तरण गरिएको जानकारी दिईन् ।

यसअघि हिमालयले सरकारको कोभिड–१९ कोषमा एक करोड आर्थिक सहयोग गरेको थियो भने । कोभिड–१९ महामारी रोकथामका चिकित्सा सामाग्रीहरुका ढुवानीका लागि ३७ वटा कार्गो उडान मार्फत ३ सय २८ टन सामाग्रीहरु नेपाल ल्याउन सहयोग गरेको जनाइएको छ । यसैगरी विभिन्न देशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन गरेको चार्टर्ड १ सय १८ उडान मार्फत १९ हजार ४४२ जनाको उद्धार गरेको छ । 

हिमालयले मलेसियाको क्वालालम्पूर, साउदी अरबको दमाम, युएईको अबुदाबी, दुबई, बंगलादेशको ढाँका, कतारको दोहा र चीनका पाँच शहरमा उडान गर्दै आएको छ । हिमालयसँग एयरबस ए–३२० सिरिजका १८० सिट क्षमताका तीन र १२० सिट क्षमताको  ए ३१९–११५ एअरक्राफ्ट गरी चार विमान रहेका छन् । 

हिमालय एयरलाइन्समा ५१ प्रतिशत शेयर यति वल्र्ड कम्पनीको रहेको छ भने ४९ प्रतिशत लगानी चीनको सरकारी स्वामित्वको तिब्बत सिभिल एभियसन डेभलप्मेन्ट एन्ड इन्भेस्टमेन्टको रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved