सुदूरपश्चिमका ३ विमानस्थलमा परीक्षण उडान, मन्त्री भट्टराईले गरे यस्तो प्रतिवद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2020 | 11:15:57 AM मा प्रकाशित

laxmi  sunrise bank

वर्षौदेखि बन्द रहेका सुदूरपश्चिमका तीन बिमानस्थलहरुमा परीक्षण उडान भएको छ । शनिबार डोटीको दिपायल, बैतडीको पाटन र बझाङ्गको चैनपुर विमानस्थलमा परीक्षण उडान भएको हो ।

वर्षौदेखि बन्द रहेका बिमानस्थलहरुको स्तरोन्नति गरेर परीक्षण उडान गरिएको नागरिक उड्यन प्राधिकरणले जनाएको छ । परीक्षण उडानबाट श्री एयरलाइन्सको बिमानमार्फत काठमाडौंबाट धनगढी पुगेको पर्यटनमन्त्री योगेश भट्टराई नेतृत्वको टोलीले बिमानस्थलको निरीक्षण पनि गरेको छ । 

मन्त्री भट्टराईले दिपायल बिमानस्थलको क्षेत्र विस्तार गरी ४५ सिट क्षमताका जहाज ल्याण्ड गर्न गरी क्षमता विकास गरिने बताएका छन् । २०३० सालबाट सञ्चालन आएको दिपायल विमानस्थलको धावनमार्ग ४९० मिटर लामो छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved