बिजपाटीले बेथितिको पर्दा उघारेपछि कड्किए अध्यक्ष, सूचना दिनेलाई कारवाहीको धम्की

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2020 | 11:59:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बायुसेवा निगममा क्याबिन क्र्यु नियुक्ति र अप्रेशन डिपार्टमेन्ट भित्रको बेथितिबारे बिजपाटी डटकमले पर्दाफास गरेपछि निगमका कार्यकारी अध्यक्षले धम्कीको भाषा प्रयोग गरि बिज्ञप्ती निकालेका छन्। 

अध्यक्ष सुशील घिमिरेले अप्रेशन डिपार्टमेन्टलाई तोकेर नै लेखेको पत्रमा सूचना बाहिर ल्याएर निगमको बद्नाम गर्ने कार्यमा संलग्न कर्मचारीलाई कारबाही गर्ने धम्की दिएका छन्। घिमिरेले यस बिषयमा आफ्ना मातहतका सम्पूर्ण कर्मचारीहरुलाई जानकारी गराउन अप्रेशन डिपार्टमेन्ट प्रमुखलाई निर्देशन नै दिएका छन्। 

समाचारमा आएको बिषय कारवाही प्रकृयामा रहेको उल्लेख गर्दै घिमिरेले पत्रहरुको फोटोकपी, कार्वाहीको विवरण जस्ता विषयहरु अनधिकृत व्यक्तिहरुलाई उपलब्ध गराउनु चरम अनुशासनहीन आचरण भएको बताएका छन्। 

निगमको बेथितिबारे बिजपाटीमा प्रकाशित सामग्री 

नेपाल एयरलाइन्समा कार्की दिदी बहिनी र ज्वार्चन परिवारको रजाइँ, अख्तियारको चासो

दराजसँग मिलेर गैरकानुनी धन्दामा नेपाल एयरलाइन्सका एयरहोस्टेस

निगमको विद्यमान कानुन अनुसार उक्त कार्य अपराध भएको भन्दै निगमको स्वीकृति विना सूचना सम्प्रेसण गरेमा निगमको कर्मचारीको सेवा शर्त तथा विनियमावलीको परिच्छेद ८ को विनियम ७४ अनुसार दण्ड गरिने परिपत्रमा भनिएको छ। दण्डनीय कार्यमा संकलग्न कर्मचारीलाई परिच्छेद १०को विनियम ८९ अनुसार कारवाही गरिने समेत घिमिरेले चेतावनी दिएका छन्। 

बिजपाटी डटकमले अपरेशन विभागका प्रमुख दीपुराज ज्वार्चन र क्याविन क्रु चिफका रुपमा रहेकि उनकी आमा सुमेली सुब्बाले पदको दुरुपयोग गर्दै मातहतका कर्मचारीलाई दुख दिने गरेको तथा नेपालको नाम चलेको अनलाइन सपिङ साइट दराजसँग मिलेर नेपाल एयरलाइन्सका एयरहोस्टेस गैरकानुनी धन्दामा लागेको बारे समाचार लेखेको थियो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved