निगमका एयरहोस्टेसमाथि भेदभाव, आर्थिक प्रलोभनको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2020 | 08:33:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगममा करारमा कार्यरत एयरहोस्टेसको म्याद थपमा विभेद भएको पाइएको छ। निगमले कसैलाई ५ बर्ष कसैलाई ३ महिना मात्रै म्याद थप गरेर सँगै काम गर्ने एयरहोस्टेसहरुको नविकरणमा विभेद गरेको हो। 

निगमको आइतबार बसेको संचालक समितिको बैठकले करारमा कार्यरत २७ जना एयरहोस्टेसको ३ महिना म्याद थप गरेको छ। अक्टोबर ५ तारिख अर्थात असोज १९ गतेबाट करार अबधि समाप्त भएका २७ जना एयरहोस्टेसको समयावधी ३ महिना थप भएको हो।

२ वर्षको प्रस्ताव आएपनि तत्कालका लागि ३ महिना थप गरिएको हो निगम सञ्चालक समितिका एक सदस्यले बिजपाटीलाई बताए।  एयरहोस्टेसहरुको कामको मुल्यांकन गरेर मात्र म्याद थपबारे निर्णय हुने भएकाले अहिलेलाई २ बर्ष नगरी  ३ महिना थप गरिएको उनको भनाई छ।

एकातर्फ लामो समयदेखिको बन्दाबन्दीका कारण निगममाथि आर्थिक भार थपिएको छ, अर्कोतर्फ काम नै नगरी तलब मात्र खाने धेरै भएको भन्ने गुनासो समितिमा आएको छ त्यहि भएर अहिलेलाई ३ महिना मात्र थप गरिएको हो, उनले भने । 

यो पनि: 
- बिजपाटीले बेथितिको पर्दा उघारेपछि कड्किए अध्यक्ष, सूचना दिनेलाई कारवाहीको धम्की

यसअघि एयरहोस्टेसको करार अबधि थपका लागि निगमको अपरेशन विभाग प्रमुखको रिफारिसमा कार्यकारी अध्यक्षले गर्ने गरेकोमा यसपालि सञ्चालक समितिमा पठाईएको थियो। अनावश्यक कर्मचारी हटाउने निगमको नीति अुनसार एयरहोस्टेसको नविकरणका लागि समितिमा पठाईएको जनाईएको छ। 

निगमका करारमा कार्यरत एयरहोस्टेसहरुको यसअघि आफूअनुकुललाई धेरै तथा अन्यहरुलाई छोटो अबधिका लागि म्याद थप गरिने प्रमाण बिजपाटीले भेट्टाएको छ। प्राप्त प्रमाण अुनसार तत्कालिन अपरेशन विभाग प्रमुख आरके शेरचनले आफु निकटका तथा निगमको क्याबिन क्र्युमा दबदबा राख्ने दुई दीदी बहिनि सहित ४ जनालाई ५ वर्ष र अन्य १३ जनाकाे ६ महिनामात्र म्याद थप गरेका थिए।

नेपाल एयरलाइन्समा कार्की दिदी बहिनी र ज्वार्चन परिवारको रजाइँ, अख्तियारको चासो

५ बर्ष म्याद थप भएका दुई दिदि बहिनि तथा उनीहरुको साथि बिरुद्ध लामो समयदेखि भन्सार छलेर कस्मेष्टिक सामग्री नेपाल ल्याउने र आफै ब्राण्ड दर्ता गरेर बिक्री गर्ने गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।  

मदन खरेल निगममा कार्यकारी अध्यक्ष हुँदा अपरेशन प्रमुख शेरचनर तथा एयरहोस्टेस चिफ सुमेली सुब्बा आर्थिक प्रलोभनमा परेर कार्की दिदि बहिनीलाई ३ बर्षअघि ५ बर्षका लागि करार अबधि थप गरेको  निगमका कर्मचारीहरु बताउँछन्।

दराजसँग मिलेर गैरकानुनी धन्दामा नेपाल एयरलाइन्सका एयरहोस्टेस

करार अबधि थप गर्न समेत रकम मागिने गरिएको छ, रकम दिनै पर्ने दबाद दिने र ब्यालमेलिङ गर्ने गरिएको नाम नबताउने शर्तमा एक एयरहोस्टेसले भनिन् 'केही एयरहोस्टेसको अपरेशन विभाग तथा मानव संसोधन विभागमा राम्रो सम्बन्ध छ, त्यही सम्बन्धलाई देखाउँदै हामीसँग पैसा मागिन्छ ।' 

आर्थिक अवस्था कमजोर भएको निगमलाई बन्दाबन्दीका कारण थप आर्थिक भार थपिएपछि करारमा कार्यरत सबै कर्मचारीहरुलाई १० दिन बेतलबी बिदा दिईएको थियो। गत चैत देखि महिनामा १० दिन बेतलबी बिदा राखिएकोमा असोज १ गतेदेखि उक्त निर्णय खारेज गरिएको जनाईएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved