यात्रुको असावधानी देखाएर नेपालको उडानलाई हङकङको कारबाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2020 | 09:05:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एयरलाइन्सको नियमित उडानमार्फत हङकङ गएका ५ नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसगैँ निगमको उडान रद्द भएको छ । गत शुक्रबार निगमको न्यारोबडीमार्फत हङकङ गएका १२० जनामध्ये ५ जनामा पोजेटिभ देखिएपछि हङकङले निगमलाई कारवाही गर्दै १४ दिन उडान बन्द गरेको हो । 

अन्तराष्ट्रिय रुपमा नै लागु भएको नियम अुनसार उडान सुरु हुनु ७२ घन्टा अघिको पीसीआर नेगेटिभ रिपोर्ट लिएर हङकङ पुगेका उनीहरुमा कोरोना देखिएपछि हङकङ सरकारले निगमलाई कारवाही गरेको हो ।

निगमकी प्रवक्ता अचर्ना खड्काका अनुसार हङकङ सरकारले दुई साता उडान बन्द गर्न भनेपछि उडान बन्द गरिएको हो । नेपालबाट पीसीआर रिपोर्ट नेगेटिभ लिएर हङकङ गएकाहरुमा उता पुगेपछि कसरी पोजेटिभ देखियो भन्ने अन्योल रहेको उनको भनाई छ । 

यात्रुले सावधानी नअपनाउँदा उडान रोक्नुपरेको निगमको दाबी छ  । अक्टोबर २ मा भएको उडानमार्फत हङकङ गएका ५ जनामा सोमबार कोरोना पोजेटिभ रिपोर्ट आएसगैँ आगामी अक्टोबर १७ सम्म निगमको उडान बन्द हुने भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved