निगमको वाइडबडी १४ दिनदेखि ‘ग्राउन्डेड’, अध्यक्ष भने बिज्ञप्तीबाजीमै ब्यस्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2020 | 10:33:02 AM मा प्रकाशित

laxmi  sunrise bank
नेपाल वायुसेवा निगममा रहेको २ वटा वाइडबडी विमान मध्येमा एक विमान १४ दिनदेखि ग्राउन्डेड भएको छ । लामो समयको बन्दाबन्दीपछि नियमित अन्तराष्ट्रिय उडान खुल्ला भएपनि ग्राउन्डेड भएको विमान मर्मतका लागि निगमका कार्यकारी अध्यक्षले आनाकानी गरेको जनाइएको छ।

मकालु नाम दिईएको उक्त विमान गत असोज ७ गते मेडिकल (कार्गो) लिन चीनको कुनमिङ उडानका क्रममा समस्या आएपछि बाटोबाटै फर्किएको थियो । दायाँ पखेटामा रहेको फ्ल्यापमा समस्या देखिएको संकेतका आधारमा उडान रद्द गरिएको उक्त विमान २ साताहुँदा समेत मर्मत हुन सकेको छैन् ।

बिजपाटीले बेथितिको पर्दा उघारेपछि कड्किए अध्यक्ष, सूचना दिनेलाई कारवाहीको धम्की
सिजनको समयमा लामो दुरीमा उडान गर्नुपर्ने विमान ग्राउन्डेड हुँदा समेत निगमका कार्यकारी अध्यक्ष शुशिल घिमिरे भने निगममा कार्यरत कर्मचारीलाई धक्मी दिदैँ बसेका छन् । विमान तत्काल बनाएर नियमित उडानमा पठाउनुपर्ने महत्त्वपूर्ण जिम्मेवारी बिर्सिएर अध्यक्ष घिमिरे आफ्नै कर्मचारीलाई कारबाही गर्ने भन्दै बिज्ञप्तीबाजीमा रमाएका छन्।

बिजपाटी डटकमले निगमको अप्रेशन डिपार्टमेन्ट र क्याबिन कर्यु सम्बन्धमा समाचार लेखेपछि उनले सोमबार कार्यरत कर्मचारीलाई सूचना दिएको भन्दै धम्कीपूर्ण रुपमा पत्र पठाएका हुन् । निगमका आन्तरिक कुराहरु बाहिर ल्याएको भन्दै उनले कारवाही गर्ने भनिरहँदा निगमको आन्तरिक तथा अन्तराष्ट्रिय उडानमा भएका लापरबाही तथा गल्तीहरुलाई वेवास्ता गर्दै आएका छन् । गत बैशाखमा मन्त्रीपरिषद्लको बैंठकले पूर्व सचिव समेत भएका घिमिरेलाई निगमको कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको ६ महिनासम्म मौन बसेका उनले पहिलो पटक कर्मचारीलाई धम्काएका हुन् ।

केही दिनअघि मात्र नेपाल नागरिक उडड्यन प्राधिकरणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भूमिस्त ग्राउन्ड ह्यान्डलिङको जिम्मा नेपाली तथा चिनियाँ लगानीमा सञ्चालीत नीजि क्षेत्रको हिमालय एयरलाइन्सलाई दिने निर्णयमा मौन बसेका घिमिरे केही दिन यता कर्मचारीप्रति आक्रोर्षित देखिन्छन। कार्यकालको करिब ६ महिना बितिसक्दा पनि सिन्को नभाचेका अध्यक्ष घिमिरे पछिल्लो समय निगमभित्रका बेथितिका सूचना बाहिरिएपछि आफ्नै कर्मचारीप्रति आक्रोसित देखिएका छन्।

निगमलाई १४ दिनमा २९ करोड घाटा
असोज ७ गतेदेखि आजसम्म वाइडबडी ग्राउन्डेड हुँदा निगमलाई साढे २९ करोड नोक्सान भएको देखिन्छ। यसअघि निगमले गरेको चार्टर्ड उडानलाई आधार बनाउदा एभरेजमा दैनिक १० घन्टा उडान गर्ने उक्त विमान १४ दिनयता ग्राउन्डेड हुँदा २९ करोड २३ लाख २० हजार नोक्सानी भएको हो । चार्टर्ड उडानमा प्रतिघन्टा १८ हजार अमेरिकि डलर लिईएको थियो । यसलाई आधार बनाउँदा दैनिक १० घन्टाका दरले एक दिनमा मात्र २ करोड ८ लाख ८० हजार नोक्सान भएको छ ।

अपरेशन, विमा, ग्राउन्ड चार्ज, फूय लगायत सबै खर्च हिसाब गर्दा प्रति घन्टा १० देखि १२ हजार युएस डलर खर्च हुँने गरेको छ । विमान ग्राउन्डेड हुँदा समेत दैनिक उक्त रकम खर्च हुँदै आएको छ। १४ दिनबाट बन्द उक्त विमान मर्मतका लागि आवश्यक उपकरणहरु आज साझँ आउने र बिहीबार सम्म निगमको वाणिज्य विभागलाई बुझाउँने तयारी भएको निगमका एक इन्जिनियरले बिजपाटीलाई जानकारी दिए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved