२ हजारमै यतीको सिमरा उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2020 | 07:01:57 AM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रको हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले सिमरामा उडान शुरु गरेको छ । यतीले १२ वर्षपछि बाराको सिमरा विमानस्थलमा उडान सुरु गरेको हो ।

काठमाडौँबाट सिमरा नियमित उडान सुरु भएको भन्दै उच्च सर्तकता अपनाईएको एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार नाइन एन एएलएच कल साइन भएको जेटइस्ट्रीम–४१ विमानमार्फत बिहान ९ः१० बजे पहिलो उडान भरेको छ । दोस्रो उडान साँझ ४ः४५ बजे हुनेछ । 

‘सुरुवाती चरणमा दैनिक २ उडान गरिएको हो, यात्रुको माग अनुसार उडान संख्या थप हुनेछ’, उनले भने, ‘उच्च सर्तकता अपनाएर उडान शुरु गरेका हौँ, ढुक्क भएर यात्रा गर्नुस ।’ पहिलो उडानमा गोलाप्रथामार्फत एक जनालाई निःशुल्क हवाई टिकट उपलब्ध गराइएको जनाईएको छ । यतीले प्रमोशनल भाडाका रुपमा एकतर्फी एक हजार ९९९ तोकेको छ । यी गन्तव्यको टिकट एयरलाइन्सका सेल्स अफिस तथा मोबाइल एप्स तथा नजिकको ट्राभल एजेन्सी तथा अनलाइनमार्फत लिन सकिनेछ । 

केही दिनअघि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भन्दै विभिन्न गन्तव्यका लागि न्यूनतम मूल्यका आकर्षक भ्रमण प्याकेज ल्याएको यतीले हाल ट्राभल एजेन्सी र मोबाइल एप्समार्फत टिकट खरिद गर्दा आकर्षक उपहार प्राप्त गर्न सकिने योजनासमेत अघि सारेको छ ।  

विसं २०५५ देखि सेवा प्रारम्भ गरेको यतीले हाल एटिआर–७२ पाँच, जेटस्ट्रिम–४१ पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ जहाज सञ्चालनमा रहेका छन् । यती एअरलाइन्सले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा र तुम्लिङटारका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved