बुद्ध एयरले भन्यो, ‘लकडाउनमा एक जना पनि कर्मचारी हटाएनौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2020 | 03:41:08 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रको हवाइसेवा प्रदायक कम्पनी बुद्ध एयरले लकडाउनको समयमा सेवा बन्द हुँदा पनि एक जना कर्मचारी कटौती नगरेको जनाएको छ । २३ औँ वार्षिकोत्सवका अवसरमा एक विज्ञप्ति जारी गरी कम्पनीले ६ महिना सेवा अवरुद्ध हुँदा पनि एक जना कर्मचारी कटौती गर्न नपरेको जनाएको छ । 

११ सय कर्मचारी रहेको बुद्ध एयरले विज्ञप्तिमा भनेको छ, ‘बन्दाबन्दी झण्डै ६ महिना रहृयो र आम्दानी पनि शून्य नै । यस्तो अवस्थामा पनि हामीले ११०० कर्मचारीलाई नियमित रूपमा तलव बाँड्यौं । हाम्रो पहिलो प्राथमिकता नै हरेक कर्मचारीको जीवनयापन सजिलो होस् र हाम्रा जहाजहरुको मर्मतसम्भार रेखदेखमा कुनै पनि अवरोध नआओस भन्ने हो । हामीले यस दौरान १ जना कर्मचारी पनि कटौती नगरी आवश्यक सबै तालिम सम्पन्न ग¥यौं ।’

बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले उडान सूचारु भएपछि पनि ‘सुरक्षा निर्देशिका’ लाई अक्षरस पालना गर्दै उडान गर्दै आईएको बताएका छन्  । 

सन् १९९७ अक्टोवर ११ मा अमेरिकाबाट ब्राण्ड न्यू जहाज बीचक्राफ्ट १९०० डी ल्याएर उडान गर्न सुरु गरेको बुद्धसँग अहिले १३ जहाज छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved