प्रभुको नयाँ हेलिकप्टरले पायो उडान अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2020 | 11:56:39 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु हेलिकप्टरले भित्र्याएको नयाँ एयरबस हेलीकाप्टर एच १२५ एएस ३५० बी ३ ई उडान अनुमति पाएको छ । गत चैत्र ११ गते काठममाडौं आइपुगेको थियो नयाँ हेलिकप्टरले नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएको हो । स्थापनाको पाँच वर्षमा एयरबस हेलीकप्टरसँगै प्रभुसँग अब हेलिकप्टरको सङ्ख्या ६ वटा पुगेको छ । 

प्रभुले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै भित्र्याएको नयाँ एयरबस हेलिकप्टरले कोभिड–१९ का कारण उडान अनुमति पाउन ढिला भएको प्रभु हेलिकप्टरका डेपुटी जनरल म्यानेजर नोबल कुमार राजलवटले बताए । कल साइन ९ एन–एनएलई रहेको हेलिकप्टरको ६ वटा सिट क्षमता छ । 

सन २०१५ मा अमेरिकाले बनाएको रबिन्सन आर ४४ पिस्टक इञ्जिन हेलिकप्टरबाट उडान सुरु गरेको प्रभुले ३ वर्ष भित्रै चार वटा नयाँ रोबिन्सन आर ६६ टर्बाइन हेलिकप्टर थपेको थियो । हिमाली क्षेत्रको दृश्यावलोकन र धार्मिक क्षेत्रमा पर्यटकिय उडान गर्दै आएको प्रभु हेलिकप्टरले पोखराबाट अन्नपुर्ण बेस क्याम्प, माछापुच्छ्रे बेस क्याम्प, मार्दी हिमाल, मुक्तिनाथ, रारा र काठमाडौंबाट लुक्ला, पाथीभरा, हलेसी महादेव, कालिन्चोकलमा उडान गर्दै आएको छ । नयाँ हेलीकाप्टरले काठमाडौंमा आधारित रहेर १४ हजार फिट भन्दामाथि सगरमाथा आधार शिविर, लाङटाङ, गोसाइकुण्ड, दामोर कुण्ड, माथिल्लो मनाङ मुस्ताङ र तिलिचो ताल लगायतका गन्तव्यमा उडान भर्ने राजलवटले बताए ।

हिमाली क्षेत्रलगायत आवश्यक ठाउँबाट उद्दार उडान गरिरहेको प्रभु हेलिकप्टरले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा गर्भवती सुत्केरीको आपतकालीन उद्दारसमेत गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved