कोरियाको आसियाना एयरलाइन्सलाई कारवाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2020 | 01:21:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले कोरियाको आसियाना एयरलाइन्सको उडान अनुमति खारेज गरिदिएको छ। मापदण्ड विपरीत उडान गरेकोले कारवाही स्वरुप क्यानले उडान अनुमति खारेज गरिदिएको हो। 

 पीसीआर परीक्षण नगरिएका यात्रु नेपाल लिएर आएपछि आसियाना कारवाहीमा परेको हो । एयरलाइन्सले गत शनिवार १ सय ५५ नेपाली ल्याएकोमा १२ जनाको रिपोट स्पष्ट नभएपछि क्यानले कारवाही गरेको हो । नेपाल सरकारले सार्वजनिक गरेको स्वास्थ्य निर्देशिका विपरित एयरलाइन्सले यात्रु ल्याएपछि विमानस्थलमा विवाद समेत भएको थियो । विवादका भएता पनि सबैजनालाई घर पठाईएको थियो । 

क्यानका महानिर्देशक राजन पोखरेल आसियानालाई कारवाही स्वरुप उडान अनुमति खारेज गरिएको बताउँछन् । उनका अनुसार चार्टर्ड उडानको अनुमति दिईएको उक्त एयरलाइन्सको २ उडान बाँकी रहेको छ । 

यसअघि नेपाल एयरलाइन्सले पीसीआर रिपोट स्पष्ट नभएको नेपाली ल्याउदा सबै यात्रुलाई १ साता होटलमा राखेर सबै खर्च व्यहोर्न लगाईएको थियो । विदेशीलाई छुट दिइदा सरकारी स्वामित्वमा सञ्चालिन निगमले भने १ साताको खर्च व्यहोर्नुपरेको भन्दै विरोध समेत भएको थियो । 

नेपाल एयरलायन्सले पनि यस्तै प्रकृतिको घटनामा कारवाही भोगिसकेको छ । असाेज १६ गते नेपाल एयरलाइन्सको नियमित उडान मार्फत हङकङ गएका ५ नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसगैँ निगमको उडान रद्द गरीएकाे थियाे । निगमको न्यारोबडी मार्फत हङकङ गएका १२० जनामध्येमा ५ जनामा पोजेटिभ देखिएपछि हङकङ सरकारले निगमलाई कारवाही गर्दै १४ दिन उडान बन्द गरेको थियाे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved