दश वर्षपछि दिपायलमा हवाइ सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2020 | 06:16:44 PM मा प्रकाशित

laxmi  sunrise bank

लामो समयदेखि बन्द अवस्थामा रहेको दिपायल विमानस्थलमा आजदेखि साप्ताहिकरुपमा हवाइ सेवा शुरु भएको छ । समिट एयरले दिपायलदेखि धनगढीका लागि हप्तामा एकपटक उडान शुरु गरेको हो । आज पहिलो उडानमार्फत सो एयसले १३ जना यात्रु बोकेर धनगढीका लागि उडान भरेको हो ।

डोटीबाट निर्वाचित सङ्घीय सासद प्रेमबहादुर आलेमगरको पहलमा दिपायल विमानस्थलको स्तरोन्नति गरिएसँगै बन्द भएको दश वर्षपछि आज पहिलो उडान भएको हो । नेपाल सरकारको रु ८ करोडको लगानीमा विमानस्थल कालोपत्रे तथा अन्य सामग्रीहरु निर्माण गरिएपछि निजी क्षेत्रको हवाइ कम्पनी समिट एअरले आजबाट दिपायलदेखि धनगढी सम्म उडान भर्ने सहमति अनुसार पहिलो उडान गरिएको दिपायल विमानस्थलका कर्मचारी जगन्नाथ साउदले बताए ।

समिट एयरका पाइलोट लाक्पा शेर्पाले नेपालका अन्य पहाडी जिल्लाका विमानस्थलभन्दा यो विमानस्थलमा उडान र अवतरण गर्न केही सहज हुने गरेको जनाए । तत्कालका लागि दिपायलबाट धनगढीका लागि प्रतिव्यक्ति रु तीन हजार २०० भाडा निर्धारण गरिएको छ । सातामा एक दिन शुक्रबार उडान हुने नागरिक उड्यन प्राधिकरण दिपायलका प्रमुख विशाल घिमिरेले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved