एयर अरेबियाले सुरु गर्यो आबुधावी-काठमाडौँ सिधा उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2020 | 12:54:47 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेशी वायुसेवा प्रदायक कम्पनी एयर अरेबियाले शनिबारदेखि काठमाडौँ– आबुधाबी उडान सुरु गरेको छ। यसअघि युएईको सारजाहामा मात्र उडान गर्दै आएको उक्त एयरलाई नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आबुदाबी उडानको अनुमति दिएसगैँ उडान सुरु गरेको छ ।  

क्यानका अनुसार कम्पनीले सोमबार, बुधवार, शुक्रबार र शनिबार गरी सातामा ४ दिन काठमाडौँ–आबुधाबी सिधा उडान गर्ने छ । शनिबार एअरबस ३२० सिरिजको जहाजबाट पहिलो उडान गरेको अरेबियाले अन्य एयरको तुलनामा सस्तो शुल्कमा उडान सुरु गरेको जनाएको छ । यसअघि उक्त एयरले काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सारजाहामा दैनिक एक उडान गर्दै आएकोमा अब २ गन्तव्यमा सातामा ११ उडान गर्नेछ । 

यसअघि आबुधाबी उडान गर्दै आएको इतिहाद एयरसँग कोड शेयरगरेर उडान सुरु गरेको क्यानले जनाएको छ । इतिहादले आबुधाबी उडान गर्दै आएकोमा एयर अरेबियासँग कोड शेयर मार्फत उडान बन्द गरेको क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । यसअघि हिमालय र इतिहादले आबुधाबीका लागि उडान गर्ने गरेकोमा अब हिमालय र एयर अरेबियाले उडान गर्ने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved