पर्यटन प्रवर्द्धन गर्न निगम र बोर्डबीच सहकार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2020 | 06:14:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच नेपालको पर्यटन प्रवर्द्धन गर्ने सम्बन्धमा सहकार्य गर्नेगरी सम्झौता भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच आइतबार यस सम्बन्धमा सम्झौता भएको हो । 

सम्झौताले हाल कोभिड–१९ को महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्र प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ । निगमले विगतदेखी नै नेपालमा विदेशी पर्यटकहरु ल्याउनमा भूमिका खेल्दै आएकोमा उक्त दुई संस्थाबीचको सहकार्यले अझ थप हौसला प्रदान गरेको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved