नेपाल एयरलायन्समा पाइलट र एयरहोस्टेस बीचको विवाद चर्कियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2020 | 11:21:44 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगममा कार्यरत कर्मचारी विच मतभेद हुनु कुनै नौलो कुरा रहेन। निगमका बिभिन्न विभागभित्र कर्मचारीहरुको झगडा देखि धम्काधक्मी सामान्य जस्तै  बन्दै गएको छ । यस्तै एउटाँ नयाँ शैलिले अहिले निगम प्रशासनको ध्यान केन्द्रीत गरेको छ । 

निगमका कार्यरत वरिष्ठ पाइलट र करारमा कार्यरत एयरहोस्टेस बिचको विवाद बाहिर आएको छ। निगमका पूराना तथा अनुभवि क्यापटेनहरुले आफूहरुलाई दुख दिंदै आएको एयरहोस्टेसहरुले बताउँदै आएका छन्। , आफुहरुलाई पावर देखाएर धम्काउने, उडानमा समेत रोक लगाउने गरेको उनीहरुको आरोप छ। उनिहरुले निगमको अपरेशन विभागमा उडान तालिकाबाट आफूहरुको नाम निकालिएको विषयमा उजुरी समेत गरेको बताएका छन् । 

हामीलाई पटक पटक महिला भएकै कारण धक्कीपूर्ण रुपमा दुव्र्यवहार गरिदैँ आएको छ, ती एयरहोस्टेसले भनिन, एक पटक नभई पटकरपटक सामान्य कुरालाई ठूलो बनाएर लिखित रुपमा नै निगमका सबै विभागमा सर्कुलर गरेर बदनाम गराउने काम भइरहेको छ, हामीले उनिहरुको दुव्यर्वहार धेरै सहयौँ, हुँदा हुँदा अहिले उडान तालिकाबाट नाम निकाल्ने सम्मको काम भयो । 

केही समय अघि काठमाडौँ–नारिता–काठमाडौँ उडानका क्रममा अपरेशन विभागले राखेको सेड्युलबाट आफ्नो नाम निकालिएको उनि बताउँछिन् । ‘तालिकामा नाम राखिएको थियो, नाम भएपछि उडानको तयारीमा लागे म, तर उडानको केही समयअघि मेरो नाम हटाइएछ, किन हटाईयो मैले थाहा पाइन’, उनले भनिन । 

निगम प्रशासन समेत सबै हिसावले उडान योग्य भएका कर्मचारीको नाम निकाल्न नमिल्ने बताउँछ । नाम नबताउने शर्तमा एक उच्च तहका कर्मचारी भन्छन, ‘स्वास्थ्य लगायतको हिसाबले उडान योग्य कर्मचारीको हकमा कसैले नाम निकाल्न पाइदैन, यदि पाइलट र एयरहोस्टेसबीच  धेरै विवाद भएको खण्डमा उडान सुरक्षालाई मध्यनजर गदैँ नाम निकाल्न सकिन्छ’, उनले भने ।

‘निगमले हामीहरुलाई यात्रुको सुरक्षा र आवश्यकताको लागि राखेको हो, कार्गो उडानमा हाम्रो आवश्यकता पर्दैन, क्यापटेनहरुले मात्र उडान गर्न सक्छन, यात्रुको उडान भएर नै हामीलाई राखिएको हो, हामीले यात्रुको सुरक्षा गर्ने हो, क्यापटेनहरुको हैन, उडानका क्रममा क्यापटेनहरुले उनीहरुको लागी हामीलाई राखिएको जस्तो व्यवहार गर्छन’, उनले दुखेसो  गर्दै भनिन ।

निगमका कार्यरत ४ जना एयरहोस्टेसले आफुहरुमाथि दुव्यर्वहार गरेको आरोप लगाउंदै ती क्यापटेनले आरोप प्रमाणित नहुँदा सम्म सगैँ उडान नगर्ने बताएका छन् । उनिहरुले अपरेशन विभागमा लिखित रुपमा नै जानकारी गराएको बताए ।

ती क्यापटेनले आफूमाथि ४  जान एयरहोस्टेसले लगाएको आरोपको पुष्टि नहुँदासम्म उनीहरुसँग सँगै उडान नगर्ने बिजपाटीलाई बताए । आफुहरुले नारी अधिकारको उच्च सम्मान गर्ने भन्दै ति पाइलटले आफूमाथि  बिना प्रमाण लगाईएको आरोप को खण्डन गर्दै आफुले निगममा उजुरी समेत दिएको बताए। 

निगमका कार्यरत एक पाइलटले विजपार्टीसगँ भने, ‘उडानका क्रममा ककपिटमा कहिले एकलै हुन सकिन्छ, को पाइलट ट्वाइलेट गएको बेला तथा ककपिटमा एक्लै हुँदा उनिहरुले हामीलाई थप आरोप लगाउन सक्छन, ककपिटमा हुँदा हामीसँग केही प्रमाण समेत हुदैँन, सोही कारण हामीले सगैँ उडान नगर्ने प्रशासनलाई लिखित जवाफ दिएका हौँ ।’

यता उडान तालिकाबाट नाम हटाएको विषयमा एयरहोस्टेसहरुले उडान तालिकाबाट आफ्नो नाम हटाउने क्यापटेनसँग लिखित जवाफ माग गरेको बताएका छन् ।

'उहाँहरुले हामीसँग उडान गर्न नचाहनुको कारण हामीलाई थाहा हुनु पर्र्यो नी, कारण थाहा पाउन हामीले लिखित जवाफ माग गरेका हौँ' ती एयरहोस्टेसले भनिन ।

निगमका  जिम्मेवार अधिकारीहरु भने  यस्ता विषय सामान्य भएको र यसले निगमको उडान समय र सुरक्षामा कुनै असर नगर्ने बताउँछन। '

निगम एउटा सानो कम्पनी हो, सकेसम्म हामी सबैलाई मिलाएर उडान सञ्चालन गर्ने प्रयासमा रहन्छौँ, यदि प्रयास गर्दा गर्द सकेनौँ भने वैकल्पीक उपायको खोजी गरिन्छ' ति अधिकारिले भने, 'उडान तालिकाबाट एकले अरुलाई हटाउने अधिकार छैन, तर यदि अधिकार नहुँदा नहुँदै सबै कुरा मिलेको खण्डमा व्यक्तिगत कुरालाई आधार बनाएर हटाउन मिल्दैन।' 

'दुई जनाबिच एक अर्कामा कुरा नमिल्दा नमिल्दै उडान गर्न मिल्दैन, उनिहरुको विकल्पको रुपमा कार्मचारी भएसम्म हामीले वैकल्पीक रुपमा उडान गछौँ' ती अधिकारिले भने।

त्यसो त नेपाल एयरलायन्सको अप्रेशन बिभागलाई विवादै विवाद र गुटैगुट हुने ठाउँको रुपमा लिईन्छ। त्यहाँ पाइलटमा मात्र नभई व्यवस्थापनमा समेत पारिवारिक तथा राजनीतिक गुट उपगुट बर्षौदेखि रहिरहेको र यहि समस्याका कारण निगम राम्रो हुन नसकेको त्यहाँका एक कर्मचारीको भनाई छ। 

उनि भन्छन, 'यहाँ परिवार परिवार बीच विवाद छ, राजनीतिक दलमा आस्था राख्नेहरुबीच झगडा छ, यस्तो विवादै विवाद र गुटैगुट भएको ठाउँमा पाइलट र एयरहोस्टेसबीचको यस्तो टसल सामान्य हो।'

निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलसँग फोन तथा मेसेजबाट यस बिषयमा जानकारी लिन खोज्दा त्यसको कुनै प्रतिकृया आएको छैन।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved