लुक्ला विमानस्थललाई बुटिक एयरपोर्ट बनाउने मन्त्री भट्टराईको प्रतिवद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2020 | 01:54:27 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोलुखुम्बुको लुक्ला विमानस्थललाई बुटिक एयरपोर्टको रुपमा विकास गरिने बताएका छन् । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्यटन विभागद्वारा निर्मित पर्यटन सूचना केन्द्रको भवन समुदघाटन तथा हस्तान्तरण कार्यक्रममा मन्त्री भट्टराईले एयरपोर्टमा शेर्पा समुदायको संस्कृति झल्कने गरी सजावट गरेर बुटिक विमानस्थल बनाईने बताएका हुन् । यसका लागि उनले लागत स्टेमट गरी तयार गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणलाई निर्देशनसमेत दिएका छन् ।

मन्त्री भट्टराईले एयरपोर्ट सञ्चालन स्थानीय तहलाई दिन सकिने बताउँदै त्यसका लागि आवश्यक नीतिगत प्रबन्ध मन्त्रालयले तयार गर्ने र आधारभूत सेवा प्राधिकरणले गर्ने प्रष्ट पारे । एयरपोर्टको सुरक्षामा ध्यान दिनु पर्ने बताउँदै उनले एक्सरे मेसिन लगेज बेल्टको प्रस्ताव पठाएमा बजेटको ब्यवस्था हुने पनि बताएका छन् । 

लुक्ला विमानस्थल हिमालय प्रवेशको मुख्य द्वार भएको उल्लेख गर्दै मन्त्री भट्टराईले राष्ट्रिय निकुञ्ज, हिमाल, जैविक विविधताले महत्त्वपूर्ण क्षेत्र भएकोले सगरमाथा क्षेत्र, शेर्पा संस्कृतिको जानकारी, ऐतिहासिकता, ट्रेकिङ रुट तथा पर्यटकिय क्षेत्रको सबै जानकारी पर्यटन सूचना केन्द्रबाट प्राप्त हुने विश्वास व्यक्त गरे । उनले सो क्षेत्रका स्थानीयलाई उत्पादनमा जोड दिन आग्रह गर्दै किबी स्याउ, पशुपालन जस्ता सम्भावनाका क्षेत्र पहिल्याएर आर्थिक समृद्धिको मार्गमा हिड्ने गरी काम गर्न स्थानीय जनप्रतिनिधिहरुलाई अनुरोध पनि गरेका छन् ।

सो सूचना केन्द्रको भवन ३ करोड ६३ लाख लागतमा निर्माण सम्पन्न भएको हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved