भारतसहित सबै देशमा हुने अन्तराष्ट्रिय उडान खुल्ला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2020 | 11:57:00 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै गत चैत ९ गतेदेखि बन्द भएको  अन्तराष्ट्रिय उडान खुल्ला भएको छ । गत भदौ १६ गतेदेखि शर्तसहित सिमित क्षेत्रमा मात्र खुल्ला भएको उडान अब सबै क्षेत्रका लागि खुल्ला भएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ ।

मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैंठकले सबै क्षेत्रको अन्तराष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेसगैँ लामो समयदेखि भारत लगायतका देशमा बन्द भएको उडान पुनः सञ्चालन हुने भएको हो । नेपालले सबै क्षेत्रमा उडान खुल्ला गर्ने निर्णय गरेतापनि भारत तथा चीन लगायतका देशले सिमित देशका उडानलाई मात्र निरन्तरता दिदाँ भारत उडान समेत अन्योल रहेको वायुसेवा सञ्चालकहरु बताउँछन् । 

भारतले डिसेम्बर सम्म सबै क्षेत्रका उडान बन्दको घोषणा गरेको भन्दै भारत उडान अनिश्चत भएको उनीहरु बताउँछन् । गत भदौमा भारत सरकारले एयर बबई (दुई देशका नागरिकका लागि मात्र) उडान गर्न नेपाल सरकारलाई प्रस्ताव पेश गरेतापनि नेपाल सरकारले बल्ल अनुमोदन गरेको हो । 

गत बुधबार बसेको मन्त्रिपरिषद् बैंठकको निर्णय सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा आएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । उनका अनुसार नेपाल नागरिक उडड्यन प्राधिकरण, परराष्ट्र मन्त्रालय तथा भारतस्थित नेपाली दुतावासमा उडान खुल्लाको पत्र पठाउने तयारी भएको छ । 

मन्त्रालयलको पत्रका आधारमा भारत उडान गर्दै आएको वायुसेवा कम्पनीहरुसँग भारत उडानको तालिका माग हुने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री बताउँछन् । ‘हिजो साझँ मन्त्रालयमा पत्र आएको भन्ने खबर आएको छ, मन्त्रालयबाट आएको पत्रका आधारमा वायुसेवा कम्पनीहरुसँग उडान तालिका माग्नेछौँ, सम्भवत अबको एक साताभित्र उडान सुरु हुन्छ’, उनले भने ।

हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विभिन्न १६ वटा देशका २६ वटा वायुसेवा कम्पनीहरुले २१ वटा गन्तव्यमा उडान गर्दै आएका छन् । जसमा जापान, दक्षिण कोरिया, चीन, हङकङ, थाइल्याण्ड, सिंगापुर, मलेसिया, भुटान, बंगलादेश, कतार, कुबेत, मस्कट, युएई, टर्की लगायतका देशहरुमा उडान हुँदै आएको छ । 

नेपाल वायुसेवा निगम, हिमालय, बुद्ध तथा श्री एयरलाइन्सले अन्तराष्ट्रिय उडान अनुमति पाएका छन् । जसमा श्री एयरलाइन्स बाहेक अन्य एयरलाइन्सहरुले बन्दाबन्दी अघिसम्म विभिन्न गन्तव्यमा नियमित उडान गर्दै आएका थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved