९ महिनापछि नेपाल र भारतबीच नियमित उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2020 | 04:10:01 PM मा प्रकाशित

laxmi  sunrise bank

९ महिनापछि नेपाल र भारतबीच हवाई उडान नियमित हुने भएको छ । नेपाल सरकारले भारतको एयर ट्रान्सपोर्ट बबल स्किममा सहभागी हुने निर्णय गरेको थियो ।

नेपाल सरकारले नेपालको एक र भारतको एक वायुसेवा कम्पनीलाई उडानको अनुमति दिने निर्णय गरी सहमतिका लागि भारत सरकारसँग प्रस्ताव गरेको थियो । भारत सरकारबाट उक्त प्रस्ताव स्वीकार गरी एयर इन्डियालाई उडानका लागि तोकिएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ ।

दूतावासका अनुसार नेपालबाट नपाल एयरलाइन्स र भारतबाट एयर इन्डियाले अब नियमित उडान गर्ने भएका छन् । यी एयरलाइन्सले कहिलेबाट उडान सुरु गर्ने भन्ने जिम्मा एयरलाइन्सलाई नै दिइएको छ ।

अब नेपालबाट नेपाल एयरलाइन्सले दिल्लीका लागि एक उडान गर्नेछ । एयर इन्डियाले दिल्लीबाट काठमाडौंका लागि एक उडान गर्नेछ । उक्त उडान भरे र विमानमा बोर्डिङ हुने समयभन्दा बढीमा ७२ घण्टा अघिको पीसीआर रिर्पोट नेगेटिभ भएका यात्रुलाई मात्र नेपाल ल्याउन पाइने गरी मन्त्रिपरिषद्ले शर्त तोकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved