९ महिनापछि नेपाल–भारत उडान सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2020 | 10:29:14 AM मा प्रकाशित

laxmi  sunrise bank

गत चैत ९ गतेदेखि बन्द रहेको नेपाल–भारत उडान आजबाट सुरु भएको छ । भारत सरकारको प्रस्ताव अनुसार एयर बबल (दुई देशका नागरिकका लागि मात्र) उडान गर्नेगरी आजबाट उडान सुरु भएको हो । 

९ महिनापछि सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले पहिलो उडान बिहान ११ः २० मा गर्ने भएको छ । नेपाल तथा भारतका वायुसेवा कम्पनीले दैनिक एक÷एक उडान गर्नेगरी खुल्ला गरिएपनि सुरुवाती चरणमा निगमले मात्र उडान गर्ने भएको छ । 

निगमले एयरबस ३२० (न्यारोबडी) विमानबाट दैनिक बिहान ११ः २० मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडान गर्ने निगमले जनाएको छ । निगमको अपरेशन विभागका अनुसार आजको पहिलो उडानमा नयाँदिल्लीका लागि १ सय ४४ यात्रु र नयाँदिल्लीबाट काठमाडौँका लागि १ सय ११ यात्रु रहेको जनाएको छ । 

लामो समयपछि सुरु भएको उडानका विषयमा धेरैलाई जानकारी नभएको र धेरै यात्रुहरुलाई क्यारेन्टाइनमा बस्नुपर्ने वा नपर्ने विषयमा जानकारी नभएको भन्ने गुनासो आएको निगमले जनाएको छ । निगमले काठमाडौँ–नयाँदिल्ली उडानका क्रममा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्दै उडान सुरुहुनु पूर्व ७२ घन्टाको पीसीआर परीक्षणको नगेटिभ रिपोट हुनुपर्ने जनाएको छ । 

भारतको सरकारी लगानीमा सञ्चालित एयर इन्डियाले पुस ९ गतेबाट उडान गर्ने तयारी गरेको जानकारी आएको नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले जनाएको छ । क्यानले दुबै देशका वायुसेवा कम्पनीहरुलाई दैनिक एक÷एक उडान गर्ने गरी उडान अनुमति दिइसकेको क्यानका प्रवक्ता राजकुमार क्षेत्री बताउँछन् । उनका अनुसार भारत सरकारले पनि एयर इन्डियालाई उडानको अनुमति दिइसकेको तर वायुसेवा कम्पनीले नै आन्तरिक कारण भन्दै पुस ९ गतेबाट उडान सुरु गर्ने जानकारी दिएको छ । 

कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै गत चैत ९ गतेदेखि सरकारले भारत लगायत सबै अन्तराष्ट्रिय उडान बन्द गरेकोमा भदौ १६ गतेदेखि शर्तसहित सिमित क्षेत्रमा मात्र उडान खुल्ला गरिएको थियो । आजबाट काठमाडौँ–नयाँदिल्ली उडान सुरुभएपनि अझैँ बेंगलोर, मुम्बई, कोलकाता र बनारस उडान खुलाईएको छैन। 

दुबै गन्तव्य बाहेक तेस्रो गन्तव्यमा उडान गर्न नहुने, दुई मुलुकका नागरिकबाहेक कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधिले मात्रै उड्न गर्न पाउने, ७२ घन्टाको पीसीआर परीक्षणको नेगेभिग रिपोटलाई अनिवार्य  गरिएको छ । गत मंसिर १० गते बसेको मन्त्रिपरिषद्को बैठकल भारतले पठाएको प्रस्तावमा सहमति जनाउँदै उडान खोल्न अनुरोधपत्र पठाएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved