फरक खालको कोरोना देखिएको बेलायतबाट नेपाल आए १४ यात्रु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2020 | 03:58:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ किसीमको कोरोना भाइरस देखिएको बेलायतबाट १४ जना यात्रु नेपाल आएका छन् ।  उनीहरु  कतार एयरवेजमार्फत बेलायतको राजधानी लन्डनबाट नेपाल आएका हुन्  । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका निमित्त प्रमुख देवचन्द्रलाल कर्णका अनुसार ८ पुरुष, ४ महिला एक बालक र एक शिशु सहित १४ जना नेपाल आएका हुन् ।  उनीहरुलाई एक साताका लागि होटलमा राखिएको  कर्णले बताए । कर्णका अनुसार उनीहरुलाई स्वास्थ्य मन्त्रालयले तोकेको होलटमा क्यारेन्टाइनमा राखिएको हो । 

सुरुमा उनीहरुले ७२ घन्टाको पीसीआर नेगेटिभ रिपोट ल्याउँदा किन होटलमा बस्ने भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । तर अहिले भने उनीहरु होटलमा बस्न सहमत भएको निमित्त प्रमुख देवचन्द्रलाल कर्णले बताए। 

बेलायतका कोरोना भाइरसको नयाँ स्रक्रमित भेटिएको भन्दै धेरै देशले बेलायतको उडानमा प्रतिबन्ध लगाएका छन् ।  बेलायतमा कोरोना संक्रमणको दरमा बृद्धि भएको भन्दै नेपाल नागरिक उडड्यन प्राधिकरणले बेलायतबाट हुने सम्पूर्ण उडानसगैँ बेलायत ट्रान्जिट भएर आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । प्राधिकरणले मंगलबार उक्त निर्णय गर्दैै आज रातीको १२ बजेदेखि उडानमा प्रतिबन्ध लगाएको हो ।

यो पनि : कति खतरनाक छ बेलायतमा देखिएको फरक खालको कोरोना भाइरस ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved