नेपाल एयरलाइन्सलाई ५ अर्ब घाटा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2020 | 03:49:51 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना महामारीका कारण सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले ५ अर्ब नोक्सानी व्यहोरेको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोनाको असर सबैभन्दा धेरै निगमलाई परेको हाे । 

गत वर्षको तुलनामा यस वर्ष निगमले ५ अर्बभन्दा बढी आम्दानी गुमाएको हो । अन्तराष्ट्रिय उडानतर्फ निजी क्षेत्रको लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले २ अर्ब बराबरको आम्दानी गुमाएको छ । दुबै एयरलाइन्सले बन्दाबन्दीको समयमा केही चार्टर्ड उडान गरर केही आम्दानी गरेपनि नियमित उडान गर्न नपाउँदा ठूलो आम्दानी गुमाइरहेका छन् ।

कोरोनाका कारण नेपालको हवाई उद्योगले साढे १७ अर्ब भन्दा माथिको आम्दानी गुमाएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । उनका अनुसार उक्त तथ्यांक सन् २०२०को मार्चदेखि नोभेम्बरसम्मको हो । 

प्राधिकरणको तथ्यांक अनुसार आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीहरुले उक्त अबधिमा १० अर्ब ६२ करोड बराबरको आम्दानी गुमाएका छन् । वायुसेवा कम्पनी सगैँ प्राधिकरणको आम्दानीमा समेत ठूलो असर परेको महानिर्देशक पोखरेल बताउँछन् । कोरोनाका कारण प्राधिकरणको आम्दानी गत वर्षको तुलनामा उक्त अबधिमा ५ अर्ब ६९ करोडले कमी आएको छ । 

प्राधिकरणले आर्थिक वर्ष २०७६÷७७ का लागि कुल आय विमानस्थल शूल्कसहित ८ अर्ब ३३ करोड रुपैयाँ प्रक्षेपण गरेकोमा २ अर्ब ६३ करोड ८२ लाख भएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved