साउदीले हटायो अन्तराष्ट्रिय उडानको प्रतिबन्ध, नेपाल लगायतका देशलाई ठुलो राहत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2021 | 05:35:24 PM मा प्रकाशित

laxmi  sunrise bank

साउदी अरेबियाले अन्तरराष्ट्रिय यात्रामा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । साउदीको गृह मन्त्रालयले विज्ञप्ति जारी गरी डिसेम्बरबाट अस्थायी यात्रामा लगाएको प्रतिबन्ध आइतबारबाट हटाएको जनाएको छ ।

साउदी अरबले हवाई, जल र स्थल सबै मार्ग खुला गरेसँगै बैदेशिक रोजगारीको लागि महत्त्वपूर्ण गन्तब्य मानिएको नेपाल लगायतका देशहरुलाई ठुलो राहत मिलेको छ। कोभिड १९ ले थला परेको नेपाल लगायतका देशहरुको बैदेशिक रोजगारीमा कोरोनाको नयाँ भाइरस देखिएपछि साउदी लगायतका देशले गरेको प्रवेशमा प्रतिबन्धको निर्णयले गम्भीर संकट आइलागेको थियो। 

बैदेशिक रोजगारीको लागि साउदी अरब कतार पछि दोस्रो गन्तब्यमा पर्छ । कुनै बेला साउदी पहिलो रोजाईमा पर्ने गर्थ्यो। बैदेशिक रोजगार बिभागको तथ्यांकअनुसार एक महिना अगाडी नोभेम्बरसम्म २३ हजार नेपालीले बैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन्। गत जुन देखि विस्तारै नेपालको बैदेशिक रोजगारी खुला भएको थियो।

साउदीको गृह मन्त्रालयले बेलायत, दक्षिण अफ्रिका, जापान र केही यूरोपेली मुलुकमाथिको प्रतिबन्ध भने यथावत रहेको जनाएको छ । यी देशमा रहेका आफ्ना नागरिक भने स्वदेश फर्किन चाहे उनीहरुले १४ दिन क्वारेन्टिनमा बसेको हुनुपर्ने र साउदी फकिएपछि पनि १४ दिन अनिवार्य क्वारेन्टिनकम बस्नुपर्ने छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved