निगमले मलेसिया स्टेशनमा जान नपाउने गरी ३ कर्मचारीलाई फिर्ता बोलायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2021 | 02:03:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायु सेवा निगमले लापरवाही गरेको भन्दै मलेसिया स्टेशनका कर्मचारीलाई कारबाही गरेको छ । कर्मचारीले गल्ती गरेका कारण निगमको जहाजमार्फत काठमाडौं आएका एक यात्रुको कोरोना रिपोर्ट पोजेटिभ पाइएको भन्दै निगमले कर्मचारीलाई अब मलेसिया स्टेशनमा सधैंका लागि जान नपाउने गरी फिर्ता बोलाएको हो । फिर्ता हुनेहरुमा मलेसिया स्टेशनका कन्ट्री म्यानेजर नरेशकुमार श्रेष्ठ, स्टेशन म्यानेजर युवराज आचार्य र फाइनान्स म्यानेजर इन्द्र थापा रहेका छन् । 

गत डिसेम्बर ३० मा मलेसियाबाट निगमको ४०१६ उडान नम्बरको जहाजमार्फत बिहान ९ बजे काठमाडौँ अवतरण गरेका एक यात्रु कोरोना पोजेटिभ रिपोर्ट बोकेरै आएको भेटिएको थियो । 

निगमको न्यारोबडी ए ३२० जहाजमार्फत १४५ यात्रु नेपाल आएका थिए । तीमध्ये होटल क्वारेन्टिनमा बसेका ५४ जनाको खर्च फिर्ता बोलाईएका कर्मचारीले नै तिर्नुपर्ने भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved