त्रिभुवन विमानस्थलबाट डिजेल बस हटाउने निर्णय नमान्ने वायुसेवा प्रदायकको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2021 | 01:57:43 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट डिजेल बस हटाउने निर्णय आफूहरुलाई मान्य नहुने वायुसेवा संचालक संघले चेतावनी दिएको छ । व्यवसाय संकटमा परिरहेको वर्तमान अवस्थामा नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रु ओसारपसारका लागि प्रयोग गरिने डिजेल बस हटाएर विद्युतीय बस ल्याउन दिएको निर्देशन मान्य नहुने संघले जनाएको छ । 

वायुसेवा संचालकहरुलाई पत्र पठाएर प्राधिकरणले अहिले भएका बसको प्रदूषण नापजाँच, हरेक सवारीको सीट संख्या, खरिद गरिएको वर्ष खुलाईजानकारी गराउन निर्देशन दिएको थियो । 

अहिले आन्तरिक उडानमा सबै वायुसेवा कम्पनीले आफ्नै बसमार्फत यात्रुलाई टर्मिनलबाट जहाजसम्म लैजाने र ल्याउने काम गर्दै आएका छन् । अन्तराष्ट्रिय उडानमा भने नेपाल वायुसेवा निगमले यस्तो काम गर्दै आएको छ ।

वायुसेवा सञ्चालक संघको विज्ञप्तिः

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved