
कतार एयरवेजका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले कोभिड १९ अगाडीको अवस्थामा फर्किन उड्डयन क्षेत्रलाई झन्डै ४ बर्ष लाग्न सक्ने बताएका छन्। उड्डयन क्षेत्र कोभिड १९ भन्दा पहिलेको अवस्थामा फर्किने तर त्यसका लागि झन्डै ४ बर्ष लाग्ने उनले बताए।
'यदि नयाँ स्वरूपको कोरोना भाइरस पहिलेको भन्दा तिब्र गतिमा फैलिएर बढी हानिकारक भयो भने त्यसमा केहि भन्न सकिन्न अन्यथा अहिलेकै अवस्थालाई अधार मान्ने हो भने उड्ययन क्षेत्र सन् २०२४ सम्म कोभिड १९ भन्दा पहिलेको अवस्थामा फर्किन्छ' सीईओ अल बकरले सेन्टर फर एभिएसन को अनलाइन कन्फरेन्समा भने।
सीई अलबकरले कोभिड १९ को कारण पालना गर्नुपर्ने भौतिक दुरी लगायतका मापदण्डका कारण हवाई उडान महंगो हुन्छ भन्ने प्रक्षेपणलाई अस्विकार गरेका छन्।
त्यस्तै उनले कतार बिरुद्ध नाकाबन्दी गरेका साउदी अरेबिया, दुबई, बहराइन र ओमान मा नियमित उडान गर्दा मात्र कतार एयरवेजको आर्थिक कारोबार बढ्ने बताउदै आफुहरुको ध्यान त्यता केन्द्रित भएको र अहिले पछिल्लो अवस्था अर्थात नाकाबन्दी खुलिसकेपछि उडान समेत सुरु भएको बताए।
पुर्ववत अवस्थामा फर्किन झन्डै ४ बर्ष लाग्ने भएकाले कतार एयरवेजले प्रत्येक १० वटा ए३८० मध्ये ५ वटालाई कम प्रयोग वा विस्थापन गर्दै जाने योजना रहेको सीईओ अलबकरले बताए।
आर्थिक तथा वातावरणीय हिसाबले ए३८० सबैभन्दा नराम्रो भएकाले कतार एयरवेजले यसको कम प्रयोग वा विस्थापन गर्दै यसको ठाउँमा बोइङ ७७७ फ्ल्यागसिप प्लस र एयरबस ए३५० तथा बोइङ ७८७ लाई प्राथमिकता दिने सीईओ अलअकबरले बताए। स्रोतस् अलजजिरा