जुन देशबाट यात्रा गर्ने हो त्यही देशको पीसीआर रिपोर्ट चाहिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2021 | 05:14:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमले यात्रुलाई जुन देशबाट उडान गर्ने हो सोही देशको पीसीआर रिपोर्ट अनिवार्य चाहिने व्यवस्था गरेको छ । पछिल्लो समय भारतको नयाँदिल्ली उडानका क्रममा एउटै रिपोर्टका आधारमा उडान गर्ने गरेको भन्दै निगमले सम्बन्धित देशको रिपोर्ट चाहिने व्यवस्था गरेको हो ।

निगमले आज एक सूचना प्रकाशन गर्दै उडान गर्ने सम्बन्धित देशको प्रयोगशालाले दिएको ७२ घण्टाको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्टका आधारमा उडान हुने जनाएको हो ।

पुस १४ गते काठमाडौँ–नयाँदिल्ली उडानमा प्रयोग भएको पीसीआर रिपोर्टबाटै ६ जना यात्रुले पुनः १५ गतेको उडानमा सोही रिपोर्ट लिएर उडान गरेको निगमले जनाएको छ । उडानका क्रममा स्पष्ट निर्देशन नभएपछि निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निर्देशन माग गरेको थियो । मन्त्रालयले दिएको निर्देशन पछि निगमले उडानका क्रममा सम्बन्धीत देशको पीसीआर रिपोर्ट चाहिने जनाएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved