विमानस्थल १८ घण्टामात्र चल्दा के हुन्छ निगमको जापान उडान ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2021 | 11:09:51 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सञ्चालन अबधि घटाईने तयारी भएको छ । विमानस्थल सञ्चालनको अबधि छोट्याउँदा रातीको १ बजेपछि जापनको नारिता उडान गर्ने राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको उडानमा प्रत्यक्ष असर पर्ने देखिएकाे छ । 

रातीको १ बजे काठमाडौँबाट जापानको नारिता उडान गर्दै आएको निगमलाई विमानस्थल सञ्चालनको अबधि छाट्याउँदा केही समस्या हुने निगमका अधिकारीहरु बताउँछन् । ‘यसअघि विमानस्थलको धावनमार्गको समयमा निगमले जापानको ओसोका उडान गरेको थियो, उक्त समयमा क्यानले निगमलाई निश्चीत समय दिएको थियो, अहिले पनि निगमलाई सहयोग गर्न हामी आग्रह गछौँ’, निगमका एक उच्च अधिकारीले भने। 

‘यदि क्यानबाट समय मिलेर र विमानस्थल रातीको १२ बजे नै बन्द हुने भयो भने नारिताको उडान तालिका सार्न सकिन्छ । पहिला जस्तो असहज अहिले छैन, जापनको सिभिल एभियसनले सहयोग गर्न सक्छ’ उनले भने ।  

गत चैत ९ गतेअघिसम्म दैनिक ८० देखि एक सय सम्मको उडान तथा अवतरण हुने गरेको विमानस्थलमा हाल २० देखि २५ वटा सम्म उडान हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ । 

यसिअघि दैनिक २१ घण्टा सञ्चालनमा रहेको विमानस्थल अब १८ घण्टा मात्र सञ्चालन गर्ने विषयमा छलफल भएको प्राधिकरणका महानिर्देशक राजन पोखरेल बताउँछन् । उनका अनुसार कोरोना माहामारिका कारण हवाई यातायात राम्रोसँग सञ्चालनमा नआउँदा विमानस्थल सञ्चालनको समय घटाउन लागिएको हो ।

हवाई उडान कम भएको र विमानस्थल सञ्चालन २१ घण्टा हुँदा प्राधिकरणको खर्च बढ्न गएका कारण समय घटाउने तयारी भएको उनी बताउँछन् । उनका अनुसार अबदेखि विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्ममात्र खुला हुने छ । २०७५ साल जेठदेखि प्राधिकरणले विमानस्थल सञ्चालन समय बढाएर २१ घण्टा बनाएको थियो ।

यसअघि बिहान ६ बजेबाट खुल्ने विमानस्थल राती ३ बजेसम्म सञ्चालन भइरहेको थियो । क्यानले अब बिहान ६ बजेबाट रातीको १२ बजेसम्म मात्र विमानस्थल सञ्चालनको तयारी गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved